Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमाले र माओवादी केन्द्र पुनर्स्थापना, कस्तो चल्ला नेताहरुको शक्ति संघर्ष ?

एमाले र माओवादी केन्द्र पुनर्स्थापना, कस्तो चल्ला नेताहरुको शक्ति संघर्ष ?


काठमाडौं । नेकपा नाममाथीको बिवाद बारे अदालतले गरेको फैसलाले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपा नाम ऋषिराज कट्टेलको पोल्टामा परेपछि साविकका यी दुबै दललाई ब्युँताउने काम निर्वाचन आयोगले सुरु गरेको छ ।

दुई पार्टीबीच एकतापछि मोरङका पूर्वएमालेका कार्यकर्ता सन्ध्या तिवारीको नेतृत्वमा आयोगमा नेकपा एमाले र गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता भएका थिए । आयोगले मंगलबार नै आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि पत्राचार गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । २०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । आफूले पहिले नै दर्ता गरिसकेको नाममा फेरि अर्को पार्टी दर्ता भएको भन्दै ऋषिराज कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । अदालतमा नामको दाबी गर्दै रिट परेपनि फैसला आउँदा एकिकरण समेत बैद्यानिक नभएको भन्दै राजनीतिक व्याख्या गरिएको भन्दै दाहाल–नेपाल पक्षले असन्तुष्टि राख्दै आएको छ ।

अब एमाले र माओवादी केन्द्रका नेताहरु आ–आफ्नै पार्टीमा
अदालतले कट्टेलको पक्षमा फैसला गरेपछि एकीकरणअघिका एमाले र माओवादी केन्द्र ब्युँतिएका मात्रै छैनन । नेताहरु समेत आ–आफ्नै पार्टीमा फर्र्किएका छन् । साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको छ । वरिष्ठ नेता झलनाथ खनालले आ–आफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने बताउनुभएको छ । माधव नेपाल पक्षका नेताहरुले अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ । भनेपनि फैसला मान्न तयार देखिएका छन् ।

यता माओवादी केन्द्रका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणी थापा, उद्योग मन्त्री लेखराज भट्ट लगायतका एक दर्जन नेताहरु भने आफ्नै पार्टीले कारबाही गरेपनि ओली पक्षको एमालेमा समाहित हुन तयार रहेको भन्न थालेका छन् । नेता नारायणकाजी श्रेष्ठले नयाँ ढंगको एकीकरणको पहल भयो भने त्यही ढंगको भयो । माओवादी र नेकपा एमालेको प्रक्रिया अघि बढ्नेछ । यद्यपी निर्वाचन आयोगले पत्र लेखेपछि आयोगमा गएर नै प्रक्रिया प्रारम्भ हुने जानकारी दिनुभयो ।

एमाले नेताहरु एमाले, माओवादी केन्द्रका नेताहरु माओवादी बन्न तयार भएपनि आन्तरिक रुपमा एमाले भित्रको शक्ति संघर्ष भने थप गतिशिल हुने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6