Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsभारतीय उद्योगपति गौतम अडानी एक वर्षमा सबैभन्दा बढी कमाउने विश्वकै पहिलो

भारतीय उद्योगपति गौतम अडानी एक वर्षमा सबैभन्दा बढी कमाउने विश्वकै पहिलो


एजेन्सी । यो वर्ष भारतीय उद्योगपति गौतम अडानीको सम्पत्तिमा उल्लेख्य बृद्धि देखिएको छ । यति धेरै सम्पत्ति अरू कसैको पनि बढेको पाइएको छैन । सम्पत्ति वृद्धिमा अडानीले एलन मस्क र जेफ बेजोसलाई समेत उछिनेर बिश्वकै नम्बर एक बनेका हुन् ।

उनका उद्योगमा पोर्टदेखि लिएर पावर प्लान्ट्ससम्म नै लगानीकर्ताको विश्वास र भरोसा देखिएको छ । यही कारण पनि अडानीको खातामा अर्बौं रकम थपिएको छ । ब्लुमबर्ग बिजनेस इन्डेक्सका अनुसार, २०२१ को केही महिनामै अडानीको सम्पत्ति १६.२ अर्ब डलरबाट बढेर ५० अर्ब डलर पुगेको पाइएको छ । यो वर्ष अडानी गु्रपको स्टकलाई छाड्दा सबैमा ५० प्रतिशतसम्मको सम्पत्ति बढोत्तरी भएको देखिन्छ । यो समूहको अडानी टोटल ग्यास लि.को स्टक ९६ प्रतिशत, अडानी इन्टरप्राइजेजमा ९० प्रतिशत, अडानी ट्रान्समिसन लि.मा ७९ प्रतिशत, अडानी पावर लि. तथा अडानी पोर्ट्स एन्ड स्पेसल इकोनोमिक जोन लि.मा ५२ प्रतिशतको बढोत्तरी भएको छ । गत वर्ष ५०० प्रतिशत उछाल आएको अडानी ग्रिन इनर्जी लि.मा भने यो वर्ष १२ प्रतिशत बढेको छ ।

यता, अडानीजस्तै अर्का भारतीय अर्बपति मुकेश अम्बानीको नेट वर्थ पनि यस अवधिमा ८.१ अर्ब डलरले बढेको छ । अडानीले भारतमा बन्दरगाह (पोर्ट), विमानस्थल, डाटासेन्टर तथा कोइलाखानीसमेतमा लगानी गरेर आफ्नो व्यापार समूहलाई विस्तार गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6