Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaवर्षाको वितण्डा, हजारौ स्थानियलाई सुरक्षित स्थानमा सारियो

वर्षाको वितण्डा, हजारौ स्थानियलाई सुरक्षित स्थानमा सारियो


सिड्नी
केही दिनदेखि परेको लगातार झरीले अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको विभिन्न क्षेत्रमा बाढी निम्त्याएको छ । बाढीका कारण पश्चिमी सिड्नी र केही दुर्गम भेगका हजारौ मानिस प्रभावित बनेका छन् । केही दिन अझै भारी वर्षा हुने भएकाले थप सावधानीका लागि स्थानिय प्रशासनले सुचनाहरु जारी गरेको छ ।
हालसम्म दर्जनौ स्थानबाट १८ हजारभन्दा बढी स्थानियलाई सुरक्षित स्थानमा सारिएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।
स्टेट एमजेन्सी सर्भिस एसिएसले राज्यका दर्जनौ स्थानमा सुरक्षित स्थानान्तरण इभ्याक्युएसनका लागि सुचना जारी गरेको छ ।
त्यस्तै सिड्नी, हन्टरभ्याली, इलावारा, र साउथकोष्ट लगायत स्थानमा भारी वर्षा र हुरीका कारण जोखिम बढ्न सक्ने एसिएसले जनाएको छ ।
भारी वर्षाका कारण सडक अवरुद्ध भएका तथा घर डुबानमा परेका कारुणिक दृश्यहरु सामाजिक संजालमा पोष्ट भइरहेका छन् ।
सिड्नीको पानीको बाहावका हिसाबले तल्लो भेगमा पर्ने स्थानहरुमा स्थानान्तरणका लागि सुचनाहरु जारी भएका छन् । सिड्नीको पश्चिम र उत्तर पश्चिम क्षेत्रमामात्रै २ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
हालसम्म १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिसकिएको छ । जसमध्ये ३ हजार सिड्नी र १५ हजार मिड नर्थ कोष्टका स्थानिय हुन् ।
भारी वर्षाका कारण सिड्नी वरिपरी रहेका हक्र्सवरी निपन नदी प्रणालीमा सन् १९६१ पछिकै सबैभन्दा धेरै बाढी आएको मौसम ब्युरो बिओएमले जनाएको छ ।
वर्षाका कारण वारागाम्बा ड्याम भरिएपछि दैनिक ४ सय ५० गिगालिटर पानी छोडिएको छ । यो भनेको सिड्नी हार्वरमा भएजति पानी हो । त्यहा झण्डै ५ सय गिगा लिटर पानी छ । वर्षाका कारण राज्यका झण्डै १ सय ३० विद्यँलयहरु बन्द भएका छन् । photo-abc



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6