Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsराजदूत विवाद बारे बल्ल मुख खाेल्याे एनआरएन अष्ट्रेलियाले

राजदूत विवाद बारे बल्ल मुख खाेल्याे एनआरएन अष्ट्रेलियाले


सरल/सिड्नी

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथी लागेकाे मानव तस्करी आराेपकाे सत्यतथ्य छानविन गर्न गैरआवासिय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) ले माग गरेकाे छ । 

आराेप लागेकाे दुई हप्तापछि मात्रै एनआरएनएले अाैपचारिक धारणा सार्वजनिक गरेकाे हाे । राजदूतमाथी गम्भिर आराेप लागेपछि यहाँकाे नेपाली समाजमा तरंग आएकाे छ । सामाजिक संजालमा एनआरएनएकाे अाैपचारिक धारण माग हुदै आएकाे थियाे । तर, संघका पदाधिकारीहरु भने संघकाे बैठकपछि मात्रै अाैपचारिक धारणा राख्ने भन्दै पन्छिदै आएका थिए । 

बढ्दाे दवावका बिच गत शनिवार संघकाे केन्द्रिय समितिकाे बैठकमा राजदूतबारे छलफल भएकाे थियाे । 

राजदूत विवादबारे छानविन छिटाे हाेस् – एनआरएनए अष्ट्रेलिया

बैठकपछि संघका प्रवक्ता डिला खरेलले जारी गरेकाे वक्तव्यमा भनिएकाे छ- 

“आदरणीय अग्रज, गैर आवासीय नेपाली समुदाय एवम्  प्रिय साथी हरू एन.आर.एन आस्ट्रेलिया अहिले नेपाली राजदुतावास अष्ट्रेलिया, क्यानवेरास्थित महामहिम राजदूत  लक्की शेर्पामाथी   लगाइएको आरोप तथा उक्त आरोप पश्चात नेपाली राजदुतावास अस्ट्रेलिया क्यानवेरा द्वारा आफ्नो धारणा सहित प्रकाशित प्रेस विज्ञप्तिका वारेमा जानकार रहेको र हाम्रो ध्यानाकर्षण भएको जानकारी गराऊदछाै”

एनआरएनए अष्ट्रेलियाले जारी गरेकाे प्रेस विज्ञप्ती

विज्ञप्तीमा राजदूतमाथी लागेकाे आराेप बारे संघ गम्भीर रहेकाे पनि भनिएकाे छ । 

घटना बारे छानविन गर्न गैरआवासिय नेपाली संघ तयार रहेकाे पनि विज्ञप्तीमा भनिएकाे छ । 

आफ्नै चालकले मानव तस्करीकाे आराेप लगाएपछि विवादमा तानिएकी राजदूत लक्की शेर्पाबारे परराष्ट्र मन्त्रालयले छानविन गरिरहेकाे छ । छाेटै समयमा नेपाल र अष्ट्रेलियाकाे कुटनीतिक सेतु बनेकी राजदूत शेर्पा आफ्नाे बयान दिन नेपाल जानु भएकाे छ । 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6