Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनएको विधान संशोधन, अब एक महिला र एक युवासहित ६ उपाध्यक्ष

एनआरएनएको विधान संशोधन, अब एक महिला र एक युवासहित ६ उपाध्यक्ष


ब्रिजबेन, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ एनआरएनए को नयाँ संशोधित विधान नेपाल सरकार परराष्ट्र मन्त्रालयले प्रमाणित गरेसँगै प्रयोगमा आएको छ । ६ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ नयाँ संशोधित विधान प्रमाणिकरण भएको हो । अब यो विधान अनुसार हुने निर्वाचनमा एकजना महिला र एकजना युवा उपाध्यक्ष अनिवार्य गरिएको छ ।

यस्तै ४ जना सचिवमा रहनेमा एकजना महिला अनिवार्य भनिएको छ । सहकोषाध्यक्षमा २ जना रहने र एकजना महिला हुनैपर्ने व्यवस्था नयाँ विधानमा गरिएको छ । यस्तै क्षेत्रीय संयोजक पनि ६ जना रहने र उपसंयोजक ६ जना रहने व्यवस्था विधानमा छ । महिला र युवा संयोजक छुट्टै एक जना रहने व्यवस्थालाई भने यथावत नै राखिएको छ । केन्द्रीय अध्यक्ष उठ्नका लागि एक कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद्मा पदाधिकारी वा सदय भई कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था विधानमा राखिएको छ ।

नयाँ विधानमा एनआरएन पोलिसी ईन्ष्टिच्युटको पनि व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय विभिन्न संघ संस्थामा कार्य अनुभव हासिल गरेको अत्यन्तै योग्य श्रोत व्यक्तिको अनुभव, योग्यता तथा क्षमताको भरपूर उपयोग गरी नेपाल, गैरआवासीय नेपाली समेतलाई आर्थिक, सामाजिक, व्यापारिक, औद्योगिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, विदेश तथा कुटनीतिक क्षेत्र, असल शशासन, वातावरण, कृषि, पर्यटन तथा जैविक विविधता क्षेत्र लगायत यस्तै विभिन्न उपयोगी तथा आवश्यक क्षेत्रमा योगदान दिने उद्देश्यले यसको परिकल्पना गरिएको विधानमा उल्लेख छ । एनआएन फाउन्डेसनको स्थापनालाई पनि नयाँ विधानमा व्यवस्थित गरिएको जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6