Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaफेसबुकबाट पुराना टेबलकुर्सी किनेर अष्ट्रेलियामा खुल्यो नेपाली संस्थाकै पहिलो कार्यालय

फेसबुकबाट पुराना टेबलकुर्सी किनेर अष्ट्रेलियामा खुल्यो नेपाली संस्थाकै पहिलो कार्यालय


सरल गुरुङ
अष्ट्रेलियामा बस्ने नेपाली संघसंस्थाहरुकै पहिलो कार्यालय शनिवार मेलवर्नमा खुलेको छ । गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले उत्तर पश्चिम मेलवर्नको कोबर्नमा मुख्य कार्यालय खोलेको हो ।
नेपाली संघसंस्थाहरुले यसअघि कुनै पनि भौतिक कार्यालय नखोलेकाले यो नै पहिलो भएको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको भनाई छ ।
सन् ८० को दशकदेखि नेपालीहरु आउन थालेको अष्ट्रेलियामा हाल झण्डै साढे दुइ लाख नेपाली बसोबास गर्ने अनुमान गरिन्छ । ठ्याक्कै तथ्याकं नभएपनि यहाँ नेपालीका झण्डै ३ सय सामाजिक संघसंस्था सक्रिय रहेको अनुमान छ ।
एनआरएन अष्ट्रेलियाको तीन कोठे कार्यालयको उद्घाटन संघिय सांसद पिटर खलिलले गर्नुभएको हो । कार्यक्रममा खलिलले यो कार्यालय केवल भौतिक संरचना मात्रै नभई अष्ट्रेलियमा नेपालीको संख्या र प्रभाव पनि बढ्दै छ भन्ने सन्देश समेत रहेको बताउनुभयो । खलिलले यहाको नेपाली समाज आफ्नो पुख्यौली थलो नेपालमा मात्रै नभई अष्ट्रेलियामा पनि सामाजिक सेवामा उत्तिकै सक्रिय रहेको भन्दै प्रशंसा समेत गर्नुभयो ।
कार्यालय उद्घाटन गर्न पुग्नुभएका अष्ट्रेलियाका धनाड्य तथा एनआरएनए अभियन्ता शेष घलेले अष्ट्रेलियामा एनआरएनएको कार्यालय खुल्नु नेपालीहरुका लागि ऐतिहासिक क्षण भएको बताउनुभयो । घलेले यो कार्यलय नेपालीहरुका लागि अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस जत्तिकै महत्वपुर्ण भएको बताउनुभयो ।

फेसबुकबाट सेकेण्डह्याण्ड समान  किनेरै कार्यालय

शनिवार मेलवर्नमा एनआरएनएको कार्यालय खोल्न अष्ट्रेलियाका अन्य शहरहरुबाट समेत सहभागीहरु पुगेका थिए । झण्डै तीन दर्जन सहभागीका बिचमा कार्यालय उद्घाटन गर्दा सबैको अनुहार खुसीले गदगद थियो । त्यहि भिडमा अष्ट्रेलियाकै धनाड्य मध्येका शेष घले र जमुना गुरुङ पनि हुनुहुन्थ्यो ।
कार्यालय खुल्दा सबै खुसी भएपनि त्यस पछाडीका दुख र कष्ट सायदै सबैले महशुस गरे । कार्यालय खोल्नका लागि एनआरएन अष्ट्रेलियाका नेतृत्वले फेसबुक मार्केट प्लेसबाट सेकेण्डह्याण्ड समान मात्रै किनेन, बरु कन्सलटेन्सीको सेकेण्डह्याण्ड कम्प्युटर पनि सहयोगमा लिएको छ । खर्च कटौती गरेर जसरी भएपनि कार्यलय खोल्नका लागि सेकेण्डह्याण्ड फर्निचर र समानहरु किनिएको अध्यक्ष कँडेलले बताउनुभयो ।
कार्यालयको बोर्डरुममा राखिएको २० जना सम्म अटाउने टेवल र १० वटा कुर्सी फेसबुक मार्केट प्लेसबाट २ सय डलरमा किनिएको हो । यस्तै टेबल नया किनेको भए २ हजार खर्च हुनेदेखेपछि सेकेण्डह्याण्ड किनिएको कँडेलको भनाई छ ।
त्यस्तै कार्यालयमा राखिएको एक थान सेकेण्डह्याण्ड कम्प्युटर र यसको टेबल सल्भ एजुकेशन भन्ने कन्सल्टेन्सीले सहयोग स्वरुप दिएको हो । कार्यालयमा राखिएको सेकेण्डह्याण्ड सोफा र डकुमेन्ट राख्ने दराज अर्जुन ढकाल संचालक रहेको एबिपी एकाउन्ट भन्ने संस्थाले दिएको हो । मेलवर्नका युवा नरेश रावलले पारिश्रमिक बिनै कार्यलयमा रंग पोतिदिएका हुन् ।
कार्यालयमा राखिएको तातोचिसो पानी आउने भाडो काठमार्डौ प्रोपर्टीजले दिएको हो । साइन बोर्ड लगायत अन्य आवश्यक सामान किनेर कार्यलय खोल्न जम्मा ६ हजार डलरमात्रै खर्च भएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।
‘अष्ट्रेलियामा कार्यलय खोल्न महंगो छ, इच्छा भयो भने थोरै खर्चमा पनि कार्यलय खोल्न सकिन्छ भनेर अन्य राज्य समितिहरुलाई पनि उत्साहित गर्न पुरानै सामान जोडेर भएपनि कार्यलय स्थापना गरेका हौ’- कँडेलले भन्नुभयो । कफि मेसिन लगायत अन्य कार्यलयका सामानहरु पनि आवश्यक परेकाले सहयोग गरिदिन कँडेलले सबैमा आग्रह समेत गर्नुभयो । कार्यालयको मासिक भाडा साढे ८ सय डलर छ । पहिलो ७ महिनाको भाडा विभिन्न व्यवसायिक संस्थाले तिरिदिने भएको छ ।
मेट्स एजुकेशन, एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेज, भिसा डिरेक्ट, सल्भ एजुकेशन, ग्रेस एजुकेशन, मल्टी डाइनामिक रियल स्टेट तथा सेन्ट्रल अष्ट्रेलियन कलेज सिएसीले एक एक महिनाको घरभाडा तिरिदिने वचन दिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । कार्यालयको भाडाका लागि एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय समिति र भिक्टोरिया राज्य समितिले आधा आधा खर्च जुटाउने तय भएको छ । अन्य राज्यहरुमा पनि कार्यलय खोल्दा यहि मोडालिटी लागु गरिने अध्यक्ष कँडेलले बताउनुभयो । कार्यालयमा हप्ताको तीन दिने निश्चित समय सेवा दिने तयारी छ । सुरुमा स्वयमसेवीबाट सेवा दिने तयारी भएपनि निकट भविष्यमै कर्मचारी राखेर सेवा विस्तार गरिने बताइएको छ । एनआरएनएको भौतिक कार्यलय भएपनि सरकारसंग अनुदान लिने प्रकृयामा पनि सहज हुने बताइएको छ ।


ट्याग : #NRNA Australia, #nrna office
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6