Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा ज्यान गुमाएका नेपाली विद्यार्थीका लागि तामाङ साेसाईटीले उठायाे ३४ लाख रुपैया

सिड्नीमा ज्यान गुमाएका नेपाली विद्यार्थीका लागि तामाङ साेसाईटीले उठायाे ३४ लाख रुपैया


सिड्नी

मस्तिष्कघातका कारण ज्यान गुमाएका नेपाली विद्यार्थीका लागि तामाङ साेसाईटी न्यु साउथ वेल्सले ३४ लाख रुपैया सहयाेग रकम संकलन गरेकाे छ ।

साेसाईटीले एक सातामै ४० हजार ७ सय १८ डलर संकलन गरेकाे हाे । जसमा १ हजार ८ वटा बैकिङ ट्रान्जेक्सन भएकाे जनाईएकाे छ । जसमा भिजन फर माेटिभेसन भिएफएमले मात्रै करिब १८ सय डलर संकलन गरेर साेसाईटीलाई दिएकाे थियाे । छाेटाे समयमै यति ठुलाे रकम संकलन हुनुलाई तामाङ साेसाईटी सिड्नीले आफ्नाे सफलता मानेकाे छ । 

रकम बारे जानकारी दिन गरिएकाे कार्यक्रममा साेसाईटीले सहयाेगी सबैलाई धन्यवाद दिएकाे छ । 

गत हप्ता सिड्नीमा नेपाली विद्यार्थी मिलन तामाङकाे मृत्यु भएकाे थियाे । घटना लगतै साेसाईटीले सामाजिक संजालमार्फत सहयाेगकाे अपिल गरेकाे थियाे ।

संकलित रकममध्ये शव नेपाल पठाउने खर्च कटाएर बाकी सबै रकम मृतककाे परिवारलाई दिईने अभियन्ता दिल तामाङले जानकारी दिनुभयाे । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6