Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसांसदको जोडघटाऊ, ओलीकै निरन्तरता कि देउवा बन्लान प्रधानमन्त्री !

सांसदको जोडघटाऊ, ओलीकै निरन्तरता कि देउवा बन्लान प्रधानमन्त्री !


काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै नयाँ शिराबाट सत्ताको अंकगणितिय खेल सुरु भएको छ । सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार गठन गर्न आह्वान गनुभएको छ भने नेताहरु आन्तरिक र दलीय छलफलमा ब्यस्त हुन थालेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत नपाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएर सरकार गठनको नयाँ कोर्स सुरु गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार २ वा दुईभन्दा बढी दलको सरकार गठनको आह्वान गरेसँगै संसदमा सांसदहरुको जोडघटाउ शुरू भएको छ भने दलका नेताहरु आन्तरिक र पार्टीगत छलफलमा ब्यस्त देखिन थालेका छन् । यद्यपी अहिलेसम्म पनि ओली नेतृत्वको सरकारले निरन्तरता पाउने वा नयाँ सरकार बन्ने कुनै पनि चित्र प्रष्ट देखिको छैन । नेकपा एमाले अर्थात प्रधानमन्त्री ओली पक्ष अहिलेपनि राष्ट्रपतिले दिएको समयभित्र दुई वा दुई भन्दा बढी दलको सरकार बन्नेछैन,त्यसपछि संविधानको अर्को धारा अर्थात ७६(३) अनुसार ठूलो दलको नेताका हैसियतमा ओली नै प्रधानमन्त्री हुने परिस्थिति निर्माण हुने र यो सरकारले पनि विश्वासको मत पाउन नसके मुलुक चुनावतिर जाने दाबी गरिरहेका छन् ।

ठाक्कै यहि अवस्था आउने आशंका पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले समेत गरेका छन् । वैकल्पिक सरकार बन्न नदिने, फेरि संसद विघटन गर्ने र प्रायोजित चुनाव गराउने चलखेल भइरहेको भन्दै पार्टीले एकताबद्ध भूमिका निर्वाह गर्नुपर्ने बारे डा. भट्राइले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरे । तटस्थ र निष्पक्ष हुनुपर्ने राष्ट्रपति अनि न्यायालयमा समेत राजनीतिक गन्ध देखिएका कारण देशको अवस्था अनुकुलता भन्दा प्रतिकुलतातिर धकेलिने संकेत देखिएको वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ समेत बताउँछन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जसपा प्रधानमन्त्री ओली र विपक्षी गठबन्धन कुनैको पक्षमा नरहेको आधिकारिक धारणा राष्ट्रपतिलाई इमेल मार्फत जानकारी गराएका छन् । यो खेलले राष्ट्रपति संस्थाको दुरुपयोग हुने र राजपा फुट्ने आशंका पनि राजनीतिक बृत्तमा उत्तिकै छ । अर्कोतर्फ विपक्षी दलका नेताहरु नयाँ सरकार गठन हुने दावी गरिरहेका छन् ।

यस्तो छ, सत्ता गठबन्धनको सम्भावित अंकगणित
सोमबार प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका ९३ सांसदले मत दिए । प्रधानमन्त्री ओली आफैं अध्यक्ष रहेको दल नेकपा एमालेका २८ सांसद अनुपस्थित रहेको मतदानबाट विश्वासको मतको विपक्षमा १२४ मत खस्यो । जबकि नयाँ सरकार बनाउन हाल प्रतिनिधिसभामा कायम २७१ सदस्यमध्ये १३६ सिट आवश्यक पर्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको मत विपक्षीले पाउने निश्चित छैन, बाँकी कांग्रेस–माओवादी–जसपाका ६ सोमबार अनुपस्थित सांसदको मत विपक्षीको पोल्टामा गएपनि एमाले बाहेकको गठबन्धन सरकारमा १३० सांसद मात्रै देखिएका छन् । जसपा प्रष्ट दुई धारमा उभिएसँगै अहिलेकै अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्ने संभावना निक्कै कम छ ।

जसपाले एकमत निर्णय गरेमा भने गठबन्धन सरकार बन्नेछ । यो विकल्प सजिलो देखिंदैन । हुनत, जसपा एकठाउँ नउभिए पनि नयाँ सरकारको सम्भावना अर्को कोर्सबाट सहज हुनसक्छ । यसका लागि एमाले फुट्नुपर्छ । विश्वासको मत नदिएका नेपाल समूहका २८ सांसदलाई अध्यक्ष ओलीले कारबाही गरी पदमुक्त गरेमा वा सामूहिक राजिनामा आएको अवस्थामा भने जसपाका ठाकुर र महतोको निर्णयले नयाँ सरकार निर्माण रोक्नसक्दैन । ह्वीप नमान्दै २८ सांसद पद त्याग्न पनि तयार देखिनु ओलीको विकल्पमा सरकार बन्न सक्ने प्रष्ट आधार पनि हो । एमालेका २८ सांसद घटेमा गठबन्धन सरकार बनाउन १२२ जना भए पुग्छ । जबकि ओलीले मागेको विश्वासको मतको विपक्षमा नै १२४ मत खसेको छ । एमाले फेरि एक भएर जसपाको एउटा पक्षले साथ दिएमा समेत सरकार बन्नसक्छ । एमालेको एकता पनि तत्काल चमत्कारिक जस्तै देखिएको छ । नेपाल पक्षका सांसदले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीलाई सिंगो जसपाले साथ दिएमा समेत सरकार बन्नसक्छ । यो समिकरण पनि त्यति सहज देखिदैन । किन कि जसपामा ओली सरकारको बिरुद्धमा अध्यक्ष उपेन्द्र र बाबुराम पक्ष छन् ।

बहुमतको सरकार गठनका दुवै विकल्प असफल भएमा संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दल एमालेको अल्पमतको सरकार बन्छ । फेरि पनि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्छन् र उनले पुन ः विश्वासको मत नपाउँदा मुलुक अन्य दलले आँकलन गरेजस्तै मध्यावधितिर जानेछ । आगामी सत्ता र देशलाई कुन मोडमा पुर्याउने भन्नेकुराको निर्णय अहिले जसपातिर भन्दा पनि एमालेकै नेपाल खनाल पक्षको आगामी कदममा भरपर्ने देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6