Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsक्रिसमस अवधीभर अष्ट्रेलियामा सवारी जरिवाना दोब्बर । नियम शुक्रबार मध्यरातबाट लागू हुने

क्रिसमस अवधीभर अष्ट्रेलियामा सवारी जरिवाना दोब्बर । नियम शुक्रबार मध्यरातबाट लागू हुने


सिड्नी/क्रिसमस आउन अब केही दिन मात्रै बाकी छ । चाडबाडमा मदिरा सेवन गरि रमाइलो गर्दै हुनुहुन्छ भने सावधान रहनु होला । किनकी शुक्रबार अर्थात डिसेम्बर २१ तारिखको मध्यरातबाट सवारी चलाउदा लापरवाही गरे दोब्बर जरिवाना हुने नियम लागू भएको छ ।

यो नियम न्यु साउथ वेल्स( एनएसडब्लु), अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) र वेष्ट अष्ट्रेलिया(डब्लु ए) गरि तिन वटै राज्यमा लागू हुनेछ । एनएसडब्लु र एसिटीमा यो नियम जनवरी २ तारिखसम्म लागू हुनेछ भने, डब्लुएमा भने जनवरी ६ सम्म दोब्बर जरिवाना नियम रहनेछ ।
अन्य राज्यहरुमा दोब्बर जरिवाना नभएपनि प्रहरीको कडा निगरानी भने रहने बताइएको छ ।
प्रहरीले तिब्र गति, मापसे गरि सवारी हाक्ने, सवारी चलाउदा मोवाइल फोन चलाउने तथा सिट वेल्ट नलगाउने जस्ता गल्तीलाई विशेष निगरानीमा राख्नेछ ।
यो छुट्टीमा सवारी चलाउदै सबै चालकलाई जिम्मेवार रहन एनएसडब्लुका यातायात मन्त्री मेलिन्डा पावेले आग्रह गर्नुभएको छ ।

गत वर्षको क्रिसमस छुट्टीमा सवारी दुर्घटनामा परि एनएसडब्लु राज्यमा मात्रै ३१ ज्यान गएको थियो

गत वर्षको क्रिसमस छुट्टीको अवधीमा सवारी दुर्घटनामा परि एनएसडब्लु राज्यमा मात्रै ३१ जनाले ज्यान गुमाएका थिए भने २६ जना सक्त घाइते भएका थिए ।
सो अवधीमा प्रहरीले ७ लाख २ सय पटक सडकमा आकस्मिक मापसे जाच गरेको थियो । जसमा १५ सय ८५ जना चालक कारवार्हीमा परेका थिए ।
तपाई र तपाइको परिवारको सुरक्षाका लागि यसपालीको क्रिसमसमा सावधानीपूर्वक सवारी चलाउनुस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6