Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाललाई पराजित गरेको अष्ट्रेलिया अपराजित रहँदै अघिल्लो चरणमा

नेपाललाई पराजित गरेको अष्ट्रेलिया अपराजित रहँदै अघिल्लो चरणमा


काठमाडौं। विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा नेपाल हेभिवेट अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कोरोना भाइरसका कारण सेन्ट्रल भेन्यू कुवेतमा भएको खेलको दोस्रो हाफमा नेपाल १० जनामा सीमित भएर खेलेपनि रक्षात्मक देखिएको थियो ।

कुवेतको जाबेर अल–अहमद रंगशालामा छैठौं मिनेटमा अस्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै नेपालविरुद्धको अग्रता दिलाए । पहिलो हाफको खेलसकिन ७ मिनेट बाँकी रहँदा फ्रान काराचिचले पुनः गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारे । विपक्षी खेलाडीलाई गोल गर्ने स्पष्ट मौकामा फाउल गरेसँगै अनुभवी डिफेन्डर रोहित चन्द पहिलो हाफको इन्जुरी समयमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । आफूभन्दा १३० स्थान माथि रहेको टोली अस्ट्रेलियाविरुद्ध नेपालले १० जनामा सीमित भएर पनि पछिल्लो ४५ मिनेट राम्रो डिफेन्सिभ खेल प्रस्तुत गर्‍यो । अस्ट्रेलियाले गरेको लगातारको प्रहारमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ बाधक बने । नेपालका लागि पहिलो पटक टोलीमा समावेश भएका आयुष घलान, सुरज जेउ ठकुरी र कमल थापाले डेब्यु गरे ।

अपराजित रहेको अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ । नेपाल भने ८ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रहँदै विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न असफल बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6