Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाकाे एडिलेडमा हराएका नेपाली युवा मृत भेटिए । समुन्द्रमा डुबेर मृत्यु भएकाे प्रारम्भिक अनुमान

अष्ट्रेलियाकाे एडिलेडमा हराएका नेपाली युवा मृत भेटिए । समुन्द्रमा डुबेर मृत्यु भएकाे प्रारम्भिक अनुमान


सिड्नी/दक्षिण अष्ट्रेलियाकाे एडिलेडमा बिहिबारदेखि हराईरहेका नेपाली युवाकाे मृत्यु भएकाे छ । 

हराएकाे २४ घण्टापछि ती युवाकाे शव समुन्द्रमा डुबेकाे अवस्थामा भेटिएकाे प्रहरीलाई उदृत गर्दै स्थानिय अशाेक केसीले जानकारी दिनुभयाे । 

गत विहिबार दिउँसाेदेखि  २२ वर्षिय निश्चल घिमिरे हराईरहेका थिए । शव घिमिरेकै भएकाे उनका भाई प्रज्वल घिमिरेले प्रहरी समक्ष सनाखत गरेका हुन् । 

पाैडी खेल्न क्रममा डुबेर ज्यान गएकाे हुनसक्ने अनुमान छ । तर, निश्चललाई पाैडन नअाउने भएकाले किन समुन्द्रमा गए भन्ने चाहि शंकास्पद छ । प्रहरीले घटनाकाे छानविन गरिरहेकाे छ । 

दक्षिण अष्ट्रेलियाकाे क्लेरेन्स पार्कमा बस्ने घिमिरे आफुले हेरचाह गर्ने बालक घुमाउने क्रममा हराएका थिए । घिमिरेले बालबालिका हेरचाह गर्ने काम गर्थे । 

घिमिरे बालक लिएर नजिकै रहेकाे ग्लेनग समुन्द्री तटमा गएका थिए । बालक भने तट नजिकै सकुशल भेटिएकाे छ । 

घिमिरे हराएकाे सूचना भने प्रहरीले शुक्रबार मध्यान्हमात्र खबर पाएकाे थियाे । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6