Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा नेपाली क्रिकेट मेला हुदै । पारश खड्कासँग खेल्न पाईने

सिड्नीमा नेपाली क्रिकेट मेला हुदै । पारश खड्कासँग खेल्न पाईने


सिड्नी/जनवरी ६ तारिख आईतबार सिड्नीमा नेपाली क्रिकेट महाेत्सव हुदैछ । 

एक दिने क्रिकेट महोत्सवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, यु १९ टोलीका पूर्व कप्तान दीपन्द्र सिंह ऐरी र सुबास प्रधान मुख्य आकर्षण हुनेछन् । 

एक्सपर्ट एजुकेशन भिसा सर्भिसले अष्ट्रेलियाकाे विभिन्न शहरमा महाेत्सव गरिरहेकाे हाे । नेपाली क्रिकेटको विकासमा सघाउन अष्ट्रेलियाका बिभिन्न शहरमा क्रिकेट महोत्सवको आयोजना गरिएको  एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्विसेजका कार्यकारी प्रमुख सन्जिव शर्माले जानकारी दिनुभयाे । यस मेलवर्नमा महाेत्सव सम्पन्न भईसकेकाे उहाँकाे भनाई छ ।

सिड्नीकाे अलवडस्थित विम्यान पार्क  विहान ९ बजेदेखि महाेत्सव सुरु हुनेछ । महाेत्सवमा केटाकेटी र युवालाई क्रिकेट सम्बन्धि तालिम दिईनेछ । त्यस्तै महाेत्सवमा सहभागीले राष्ट्रिय टिमका कप्तान खड्का र खेलाडी दिपेन्द्रसिंह ऐरीसंग पनि क्रिकेट खेल्न सक्नेछन् । महाेत्सवमा एक्सपर्टकाे चार टिमकाे क्रिकेट खेल समेत हुनेछ । 

पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले खेलुकदको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले बिदेशमा रहेको एउटा शैक्षिक संस्थाले नेपाली क्रिकेटको विकासमा देखाएको तत्परता लोभलाग्दो रहेको बताए।

पारसले आइतबार सिड्नीमा यहाँका स्थानिय क्लबहरु  र बिभिन्न राज्यका नेपाली टोलीबिचको प्रतिस्पर्धा हुने र त्यसमा आफूहरू पनि समावेश हुने जानकारी दिए।

‘यहाँ रहेका प्रतिभाशाली खेलाडीहरू र नया पीडिलाई नेपाली क्रिकेटसँग जोड्ने यो एउटा महत्वपूर्ण कडी पनि हो। यहाँका राम्रा क्रिकेटरलाई नेपालको एक्सपर्ट धनगढी ब्लुजमा खेल्ने मौका दिनेछ, जुन हामी बिचको आपसी सम्वन्ध प्रगाढ हुनु हो’, उनले भने।

पारसले यस्ता कार्यक्रमबाट नेपाली खेलाडीहरुलाई बिदेशमा एक्सपोज हुने मौका पाएको र भबिष्यमा अन्य खेलाडीका लागि पनि अवसरका रूपमा रहने सुनाए ।

कार्यक्रममा एक्सपर्ट एजुकेशनका निर्देशक बद्री अर्यालले बिदेशमा बसेर पनि मुलुकका लागि केही गर्ने चाह राखेर नेपाली क्रिकेटको विकासमा केही इट्टा थप्ने प्रयास गरेको बताए।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6