Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुइन्ल्याण्डमा प्रजातान्त्रिक समुहबाट बिनोद आचार्य संयोजक उमेद्वार

कुइन्ल्याण्डमा प्रजातान्त्रिक समुहबाट बिनोद आचार्य संयोजक उमेद्वार


ब्रिजवेन, गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको जुलाई ३१ तारिखमा निर्वाचन हुने भएको छ । चुनावको मिति नजिकिदै गर्दा विभिन्न राज्यमा उमेद्वारी घोषणा गर्ने क्रम बढेको छ । कुइन्सल्याण्डमा प्रजातान्त्रिक समुहले संयोजक लगायत महत्वपुर्ण पदहरुमा उमेद्वार घोषणा गरेपनि प्रगतिशिल समुह भने छलफल मै व्यस्त देखिन्छन् ।
एनआरएनए कुइन्सल्याण्ड राज्य संयोजक तथा एनआरएनए उपाध्यक्ष पदमा प्रजातान्त्रिक समुहबाट बिनोद आचार्यले उमेद्वारी दिनुभएको छ । यहि समुहबाट आचार्यसंगै उपसंयोजकमा शम्भु घैंसे, सचिवमा अतुल खड्का, कोषाध्यक्षमा सन्तोष पौडेल, महिला संयोजकमा लक्ष्मी तामाङ, महिला उपसंयोजकमा पल्लवी सापकोटा र युवा संयोजकमा म्याण्डी केसीले उमेद्वारी दिनु भएको छ । उपसंयोजकका उमेद्वार घैंसे हालको कार्यसमितिका कोषाध्यक्ष, अतुल खड्का युवा संयोजक तथा लक्ष्मी तामाङ महिला उपसंयोजक हुनुहुन्छ ।
त्यस्तै सन् २०२१-२३ को कार्यकालका लागि सदस्य पदमा अनिल खत्री र सुरज लामिछानेले पनि उमेद्वारी दिनु भएको छ । रिजनल तथा अन्य सदस्य पदका लागि उमेद्वार चयन गर्ने काम भइरहेको संयोजकका उमेद्वार आचार्यले जानकारी दिनुभयो ।

को हुन् बिनोद आचार्य ?

हालसालै एनआरएनएको अभियानमा जोडिएकालाई नयाँ लागेपनि कुइन्सल्याण्डका पुराना बासिन्दाहरुका लागि भने बिनोद आचार्य नाम नौलो होइन । सन् २००८ मा अष्ट्रेलिया आउनु भएका बिनोदले सन् २००९ देखि ११ को कार्यकालमा एनआरएनए अष्ट्रेलियाको सह सचिव पदमा रहेर काम गरिसक्नु भएको छ । त्यसपछि कुइन्सल्याण्डबाट नर्दन टेरिटोरी राज्यमा बसाइ सर्नु भएका आचार्य उक्त राज्यको प्रतिनिधी सदस्य भएर सन् २०११ देखि १३ को कार्यकाल एनआरएनए अभियानमा जोडिनु भएको थियो ।

सन् २०१३ देखि १५ को कार्यकालमा कुइन्सल्याण्ड नै फर्किएर एनआरएनए अष्ट्रेलियाको कार्यकारी सदस्य बन्नु भएका बिनोद त्यसपछि भने एनआरएनए अभियानमा प्रत्यक्ष रुपमा सक्रिय हुन छाड्नु भयो । ६ वर्षपछि बिनोद अहिले कुइन्सल्याण्डको संयोजकको उमेद्वारका रुपमा अघि आउनु भएको हो । यत्तिका समय एनआरएनएको अभियानबाट कता हराउनु भयो ? भन्ने प्रश्नमा बिनोद भन्नुहुन्छ –’म कहिले पनि एनआरएनएको अभियानबाट टाढा रहिन, पदमा बसेर सक्रियता नदेखाए पनि बाहिर बसेर नै यसको अभियानमा सहयोग गर्ने काम गरिरहे ।’ यसबिचमा आफुले अन्य सामाजिक संघसंस्थाको पदाधिकारी भएर समाजिक कार्यलाई थप अघि बढाएको बिनोदको भनाई छ ।
६ वर्षपछि केही सकारात्मक सोच लिएर आफु एनआरएनएमा फर्किएको बिनोदको दाबी छ । ‘साथीभाईहरुले तपाई आउनु पर्यो केही गर्नुपर्यो भनेपछि मैले पुन एनआरएनएमा सक्रिय भएर लाग्ने निधो गरेको हु’- बिनोदले भन्नुभयो ।
कुइन्सल्याण्डको नेपाली समाजलाई योगदान गर्न भावि कार्य योजना बनाउने क्रममै रहेको दाबी गर्ने बिनोदले खासगरी नेपालको पर्यटन प्रवर्दन, कला संस्कृतिको संरक्षण, दोस्रो पुस्तालाई नेपालीपन हस्तान्तरण, सामुदायिक भवन निमार्णमा सहयोग जस्ता विषयमा काम गर्ने सोच बनाउनु भएको छ । नेपालट्युबसंग कुरा गर्दै थप कार्यक्रमहरुका बारेमा टिममा छलफल भइरहेको भन्दै बिनोदले स्थानिय युवा तथा खेलकुद क्लबसंग हातेमालो गर्ने, विद्यार्थीलाई सहयोग गर्न छुट्टै फोरम बनाउने, घरेलु हिं सा र मानसिक स्वास्थ्यका बारेमा जनचेतनामुलक कार्यक्रम गर्ने तथा समुन्द्र सुरक्षा जस्ता तालिम संचालन गर्ने आफ्नो तयारी रहेको बताउनुभयो ।
तनहुँ स्थाई घर भएका बिनोद नर्सिङ सेवामा काम गर्नुहुन्छ । आफु पेशाकर्मी भएर पनि कुइन्सल्याण्डको संयोजक पदमा उमेद्वारी दिएकाले एनआरएनए भन्ने संस्था केवल व्यापारीको मात्रै हो भन्ने आम बुझाईमा परिवर्तन आउने बिनोदको विश्वास छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6