Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसाउथ अष्ट्रेलियाको बहुसांस्कृतिक आयोगमा नेपाली चेली

साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक आयोगमा नेपाली चेली


सरल गुरुङ, ब्रिजवेन
साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक तथा जातजाति मामिला आयोगको सदस्यमा नेपाली चेली नियुक्त हुनुभएको छ ।
जुलाई १ तारिखमा साउथ अष्ट्रेलियन सरकारले जारी गरेको घोषणा अनुसार एडिलेडकी सामाजिक अभियन्ता मन्जु खड्का आयोगको सदस्यमा नियुक्त हुनु भएको हो । एक आयुक्त र १४ सदस्य रहने यो आयोगले राज्यको बहुसांस्कृतिक समाज र जातजातिका बारेमा प्रिमियर तथा प्रिमियरको सहायकमन्त्रीलाई प्रतिवेदन बुझाउने काम गर्दछ । यो आयोगले साउथ अष्ट्रेलिया राज्यका जातजातिको विविधतालाई प्रवर्धन गर्ने तथा बहुसांस्कृतिक समुदायका हकहित र मामिलाका बारेमा सरकार र अन्य सार्वजनिक निकायलाई सुझाव दिने काम गर्दछ ।
जुलाई १ तारिखदेखि नियुक्त भएका आयोगका पदाधिकारीहरुको कार्यकाल तीन वर्षको हुनेछ । आयोगको सदस्यहरुले प्रिमियरको नजिक रहेर काम गर्दछन् ।
आयोगको पदाधिकारीका लागि साउथ अष्ट्रेलियन सरकारले बहुसांस्कृतिक समुदायका मानिसहरुबाट खुल्ला आवेदन माग गरेको थियो । आवेदकको पृष्ठभूमि, उनीहरुले समाजमा पुर्याएको योगदान तथा व्यक्तित्व मुल्यांकन गरेर सदस्यमा नियुक्त गरिएको हो ।

नेपाली समाजको प्रतिनिधित्व गर्दै आयोगमा नियुक्त हुन पाउदा गर्व लागेको खड्काले नेपालट्युबलाई बताउनुभयो । विभिन्न समाजिक संघ संस्थामा सक्रिय रहनुभएकी खड्काले अब आफ्नो जिम्मेवारी सिंगो बहुसांस्कृतिक समुदायका हकहित र अधिकारलाई सुनिश्चित गर्नतर्फ केन्द्रित रहने समेत बताउनुभयो ।
छिट्टै नेपाली समाजसंग छलफल गरेर सरकारसंग रहेको अपेक्षा र चुनौतीका बारेमा जानकारी लिने समेत खड्काको तयारी छ ।

को हुन् मन्जु खड्का

साउथ अष्ट्रेलियाको नेपाली समाजमा मन्जु खड्का चिनिएको नाम हो । खासगरी नारी निकुञ्ज साउथ अष्ट्रेलियाकी संयोजक समेत रहनु भएकी खड्काले सामाजिक सेवामा आफुलाई समपर्ण गर्दै आउनु भएको छ । नेपालमा १५ वर्षसम्म विभिन्न सामाजिक संघसंस्थामार्फत महिला शसक्तिकरणमा जुट्नु भएकी मन्जु अष्ट्रेलियामा आएर समेत सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । नेपाली विद्यालय साउथ अष्ट्रेलियाकी संस्थापक प्रधानाध्यापक समेत रहनु भएकी मन्जु नेपाली समुदाय बाहेक अन्य बहुसांस्कृतिक समुदायमा समेत उत्तिकै सक्रिय हुदै आउनुभएको छ ।
स्थानिय मेरियन काउन्सिलको सामुदायिक नेतृत्व विकासको गतिविधीमा समेत काम गर्दै आउनु भएको छ । त्यस्तै केही वर्षदेखि बहुसांस्कृतिक महिला फोरमहरुमा समेत मन्जु सक्रिय हुनुहुन्छ । एक छोराकी आमा मन्जु पेशाले रजिष्टर्ड नर्सका रुपमा समेत कार्यरत हुनुहुन्छ ।


ट्याग : #manju khadka, #nari nikunja, #South Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6