Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएकदुई दिनमै नामावली प्रकाशन, चुनाव जुलाई ३१ मै : अध्यक्ष कँडेल (भिडियोसहित)

एकदुई दिनमै नामावली प्रकाशन, चुनाव जुलाई ३१ मै : अध्यक्ष कँडेल (भिडियोसहित)


अष्ट्रेलिया, ब्रिजबेन । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले जुलाई ३१ मै चुनाव हुने जानकारी दिनुभएको छ । नेपालट्युबको सक्षम उम्मेदवार छान्ने पहल स्वरुप आयोजित मल्टि डाइनामिक इलेक्सन अपडेटको लाईभमार्फत चुनावको तयारी तिब्र भएको र तोकिएकै समयमा हुने जानकारी दिनुभएको हो ।

जुलाईमा चुनाव गर्ने गरेको विगत स्मरण गराउँदै अध्यक्ष कँडेलले जुलाई ३१ मा जसरी पनि चुनाव हुने बताउनुभयो । अहिलेसम्म १६ हजार १ सय ४८ सदस्यता थपिएपनि सिस्टममा समस्या भएका र डकुमेन्टमा समस्या देखिएका र पेमेन्टमा भएका सबै विवरण हरेर अन्तिम नामावली एक दुई दिनमै सार्वजनिक गरिने उहाँको जिकिर थियो । सदस्यता वितरण र नामावली तयार गर्न केही ढिलाई भएको स्विकार गर्दै कँडेलले अनलाईन इलेक्सनको तयारी गरिएपनि कस्तो मोडलको चुनाव गर्ने भन्ने सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिइएको बताउनुभयो ।

अन्मिममा सदस्यता बढेको/बढाइएको आरोपमाथी जवाफ दिदै अध्यक्ष कँडेलले ३ सय ६५ दिन सदस्यता खोल्नुपर्नेमा केही कमजोरी भएको स्विकार गर्नुभयो । अब आफ्नै सिस्टमबाट सदस्यता नविकरण र वितरण गर्नेगरि सबै समस्या समाधानको प्रयास भएको जानकारी दिदै अष्ट्रेलियामा सदस्यता निरन्तर बढ्दै जानुको कारण नेपालबाट माइग्रेसन बढ्नु भएको बताउनुभयो नयाँ उम्मेदवारको आह्वानमा समेत सदस्यता थपिने क्रमले विस्तार पाएको उहाँको दाबी थियो । बैंकबाट तिरेको र पेपालबाट तिरेको हरेक रकमको हिसाब पारदर्शी रुपमा राखिएको जिकिर गर्दै उहाँले फेसबुकबाट अर्थात सामाजिक सञ्जाल मार्फत अनावश्यक बिवाद मच्चाइएको आरोप लगाउनुभयो । फ्यामिलिमा पर्ने श्रीमान श्रीमतिको पैसा एक अर्काले तिर्न नपाउने तर साथीको पैसा तिर्न पाउने बिधानको व्यवस्थामाथी जवाफ दिदै सुधार आवश्यक भएको बताउनुभयो । कन्सन्ट्रेटर खरिद र विद्यार्थीलाई राहत बाढ्दा उठेका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष कँडेलले भन्नुभयो, “पहिले किन्दा सस्तोमा र पछि किन्दा महंगो परेको हो । मुल्यभन्दा पनि नेपालको आवश्यकतालाई प्राथमिकता दिइएको छ । कतै अनियमितता र अस्वभाविक गतिबिधि देखिएमा औल्याउनुहोस, जवाफ दिन तयार छौँ ।”

चुनावको उपलक्षमा बधाई दिदै सदस्य बनाइदिने उम्मेदवारलाई भन्दा सक्षम उम्मेदवार छान्ने बिवेक प्रयोग गर्न आग्रह गर्नुभयो । चुनाव जित्नेहरुलाई पनि एनआरएनए अष्ट्रेलियाको संस्थागत हितमा काम गर्न आग्रह गर्नुभयो । अबको संगठन नेपाल र नेपालीसँगको समन्वयका साथै अष्ट्रेलियन सरकारसँग समेत मुद्धागत लडाई लड्नुपर्ने सुझाब अध्यक्ष कडेलले दिनुभएको छ । अगस्ट १० मा सेन्ससमा एनआरएनहरुको डाटा बुझाएर नीतिगत मागहरु सम्बोधनको पहल गर्नुपर्ने सुझाब कँडेलको थियो ।

मल्टि डाइनामिक इलेक्सन अपडेटको लाईभ भिडियो :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6