Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली विद्यार्थी र कम्युनिटिको बृहत्तर हित आफ्नो प्राथमिकता : विनोद आचार्य (भिडियोसहित)

नेपाली विद्यार्थी र कम्युनिटिको बृहत्तर हित आफ्नो प्राथमिकता : विनोद आचार्य (भिडियोसहित)


ब्रिजबेन, अष्ट्रेलिया । क्विन्सल्याण्ड राज्यको कोअर्डिनेटरका रुपमा चुनावी प्रतिस्पर्धामा होमिनुभएका विनोद आचार्यले सामुदायीक भवन निर्माण, हेल्प डेस्कमार्फत विद्यार्थीका समस्या समाधानमा आफू र आफ्ने टिम केन्द्रीत हुने बताउनुभएको छ । नेपालट्युबको सक्षम उम्मेदवार छान्ने पहल स्वरुप आयोजित मल्टि डाइनामिक इलेक्सन अपडेटको लाईभमार्फत संयोजकका प्रत्यासी आचार्यले क्विन्सल्याण्डको समग्र नेपाली समूदायको हितमा काम गर्ने बताउनुभएको हो ।

संयोजकका प्रत्यासी आचार्यले क्विन्सल्याण्डको नेपाली सामुदायीक भवन बनाउन आवश्यक फण्ड कलेक्सनका लागि एनआरएनएको नेटवर्कलाई सदुपयोग गरेर समूदायको घरदैलोमा पुग्ने । हेल्प डेस्कमार्फत विद्यार्थीका मुद्धाहरु सम्बोधन गर्ने, नदितटिय क्षेत्रको जोखिम बारे आवश्यक कार्यक्रम, हरेक नेपाली समूदायका कार्यक्रममा एनआरएनए जोडिने, आपत्तकालिन फण्डका बारेमा क्रियाशिल हुने बताउनुभयो । अरु संघ संस्थाहरुसँग समन्वय गरेर नेपाली कम्युनिटिलाई बलियो बनाउने र आपसी सद्भाव अनि सहयोग आदानप्रदानमा पहलकदमी भुमिका निर्वाह गर्ने आचार्यको प्रतिबद्धता छ । विज्ञहरुको सहायतामा क्विन्सल्यण्ड राज्यस्तरबाट फण्ड लिन पहल गर्ने प्रतिबद्धता गर्नुभएका उहाँले आफ्नो अनि परिवारका लागि भन्दा सामाजिक काममा योगदान दिने उद्देश्यले आफ्ने टिम चुनावी मौदानमा आएको बताउनुभयो । बिगतको टिमले गरेका प्रतिबद्धता पुरा नभएको प्रसंगमा आचार्यले कोरोना लगायतका विभिन्न कारणले विगतका कार्यसमितिले प्रभावकारी काम गर्न नसकेको हुनसक्ने भन्दै आफ्नो टिमले चुनाव जितेमा हरेक कार्यक्रमको क्यालेण्डर बनाएर काम गर्ने, दुई वर्षपछि गरेका काम र हुन नसकेको कारण बारे सार्वजनिक रुपमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आचार्यले आफूले बिगतमा नेपाल रेडक्रस, रोटरी क्लबमा सदस्यका रुपमा काम गरेको, पाँच वर्ष एनआरएनको पदिय दायित्वमा बसेर र बाँकी समय बाहिर बसेर समेत एनआरएनए अष्ट्रेलियाको अभियानमा जोडिएको समेत जानकारी गराउनुभयो । अष्ट्रेलियाको लोकल कम्युनिटिसँग मिलेर काम गर्ने, नेपालको पर्यटन प्रवर्धनका कार्यक्रमहरु जस्तै नेपाल फेष्टिबल आयोजना लगायतमा चुनाव जितेको खण्डमा विशेष योगदान दिने आचार्यको जिकिर थियो ।

नेपालट्युबको मल्टि डाइनामिक इलेक्सन अपडेटको लाईभ भिडियोः



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6