Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगैर आवासीय नेपाली पत्रकार महासंघ गठन । सचिवमा अष्ट्रेलियाका पत्रकार छत्र

गैर आवासीय नेपाली पत्रकार महासंघ गठन । सचिवमा अष्ट्रेलियाका पत्रकार छत्र


ब्रिजवेन, प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैर आवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको छ। भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो।

यसैवीच अष्ट्रेलियाबाट महासंघको सल्लाहकारमा संचार विज्ञ डा भरत राज पौंडेल र पत्रकार छत्र शंकर सचिवमा मनोनित हुनु भएको छ । नेपालबाट आमसंचार तथा पत्रकारिता र राजनीति शास्त्रमा एम।ए गरेका शंकरसंग विगत लामोसमय देखि नेपालमा टेलिभिजन लगायत विभिन्न संचारमाध्यमा पत्रकारिता गरेको अनुभव छ । छत्र मानव अधिकार पत्रकार संघका पूर्व अध्यक्ष समेत रहनु भएका छत्र नेप्लिज अष्ट्रेलियन अनलाईनका समाचार सम्पादक समेत हुनुहुन्छ । सचिवमा मनोनित भएपछि नेपाल ट्युव संग कुरागर्दै शंकरले भन्नुभयो -‘यो महासंघले विश्वमा छरिएर बसेका नेपाली पत्रकारहरुलाइ संगठित गर्नुसाथै व्यावसायीक पत्रकारिताका लागि विशेष पहल गर्नेछ ।’

महासंघले ८२ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) संग सहकार्य गर्ने तर नेपाल सरकारले तोकेको गैरआवासीय नेपालीु को परिभाषा महासंघमा लागू नहुने जनएको छ। महासंघले नेपाल बाहिर भारत लगायतका मुलुकहरुमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारहरुलाई पनि समेट्ने गरी आउंदो ९० दिन भित्र संघको विधान बनाइने र त्यसको १८० दिन भित्र नयां कार्य समिति गठन गरिसक्ने जनाएको छ। महासंघका राष्ट्रिय शाखाहरु भने तत्काल गठन गरिने छन्।

महासंघको अध्यक्षमा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी (यूके) हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्षमा तोया दाहाल (अमेरिका) चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा श्याम लुइँटेल (यूके), महासचिवमा कृष्ण केसी (अमेरिका) नियुक्त हुनुभएको छ । यसै गरी सचिवहरूमा अनिल अधिकारी (अमेरिका), छत्र शंकर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सह कोषाध्यक्ष महेश खाती (डेनमार्क) चुनिनु भएको हो । त्यस्तै सल्लाहकारहरुमा डा भरत राज पौडेल (अस्ट्रेलिया) तथा डा जगन अधिकारी (यूके) चयन हुनु भएको छ । जुन देशमा महासंघ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ।

गैरआवासीय नेपाली पत्रकार महासंघ नेपाल बाहिर बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया या युरोपका कुनै एक देशमा दर्ता गरिने जनाइएको छ । महासंघमा प्रवासमा क्रियाशील पत्रकारहरु सदस्य बन्न सक्ने छन् भने पत्रकारहरुका संघ संस्था एसोसियट सदस्य बन्न सक्ने छन्। त्यस्तै महासंघले मानार्थ सदस्यता पनि दिन सक्ने छ। संघका शाखा खुलेका हरेक मुलुकमा राष्ट्रिय संयोजक रहने छन्। राष्ट्रिय संयोजकको नेतृत्वमा सदस्य संख्याका आधारमा एउटा बिजोर संख्या रहनेगरी कार्यसमिति गठन हुनेछ। राष्ट्रिय संयोजक स्वत केन्द्रिय सदस्य हुनेछन। बिचमा खालि हुन आएका पदमा त्यो भन्दा तल्लो तहकाले स्वत पदोन्नति पाउने छन्।

महासंघको नेतृत्व चयन रोल मोडलका रुपमा अघि बढाइने, हरेक २३ महिना २९ दिन अर्थात २४ महिना पुग्नु एक दिन अगाडी सो पदमा एक तह मुनिका पदीय ब्यक्ति स्वतस् पदस्थापन हुने प्रस्ताव गरिएको छ । नेपाली संस्थाहरुमा निर्वाचनका क्रममा देखिएको गुटबन्दी तथा विकृति हटाउन नेतृत्वको क्रमशः विकास गरी नमुना संस्थाको रुपमा विकास गर्ने लक्ष्य लिएको पनि महासंघले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6