Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ घरेलु हिंसाका दोषी उमेद्वार बन्न नपाउने

घरेलु हिंसाका दोषी उमेद्वार बन्न नपाउने


ब्रिजवेन
घरेलु हिंसामा दोषी ठहर भएकाले गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको कुनै पनि पदमा उमेद्वारी दिन नपाउने भएको छ । संघको विधान अनुसार पदाधिकारी तथा सदस्यहरुको उमेद्वारको योग्यता शिर्षकमा घरेलु हिंसाका दोषीले उमेद्वारी दिन नपाउने उल्लेख छ ।
तर, एनआरएनए अष्ट्रेलियाको निर्वाचन आयोगले दुइ दिन अघि घरेलु हिंसाको आरोपितले पनि उमेद्वारी दिन नपाउने सुचना जारी गरेको थियो । सबै सदस्यहरुलाई पठाइएको सो व्यवस्था विधान, मानवअधिकार र फौजदारी न्याय सिद्धान्त विपरित भएको भन्दै नेपालट्युबले सामाचार सामाग्री प्रकाशन गरेको थियो । समाचार सार्वजनिक भएपछि निर्वाचन आयोगले गल्ती स्वकारेर उमेद्वारको योग्यतामा संशोधन गरेको छ । निर्वाचन आयोगले जारी गरेको नया सुचनामा घरेलु हिंसामा दोषी ठहरिएकाले उमेद्वारी दिन नपाउने स्पष्ट लेखिएको छ । यसअघि अभियोग लागेका उमेद्वारी दिन नपाउने भन्ने उल्लेख थियो । एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्ष तथा कानुन व्यवसायी टोनु घोतानले विधानमा भएको व्यवस्थालाई अन्यथा अर्थ लाग्ने गरि सुचना जारी गरिनु गलत भएको बताउनुभयो ।
उता प्रमुख निर्वाचन आयुक्त सुरेन्द्र सिग्देलले सुचनालाई संक्षिप्त बनाउने क्रममा केही शब्द छुटेकाले यस्तो हुन गएको स्पष्ट पार्नुभयो । समाचार बाहिरिएसंगै संशोधन गरि सदस्यहरुलाई पुन सुचना पठाइएको सिग्देलले जानकारी दिनुभयो ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव क“डेलले घरेलु हिंसा विरुद्ध संघ निकै कठोर भएकाले यस्तो व्यवस्था राखिएको बताउनुभयो ।

 

एनआरएनए अष्ट्रेलियाको उमेद्वारको योग्यताबारे गम्भीर त्रुटी । मानवअधिकारको उल्लघंन « Nepal Tube Australia

 

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6