Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaघरेलु हिंसाका दोषी उमेद्वार बन्न नपाउने

घरेलु हिंसाका दोषी उमेद्वार बन्न नपाउने


ब्रिजवेन
घरेलु हिंसामा दोषी ठहर भएकाले गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको कुनै पनि पदमा उमेद्वारी दिन नपाउने भएको छ । संघको विधान अनुसार पदाधिकारी तथा सदस्यहरुको उमेद्वारको योग्यता शिर्षकमा घरेलु हिंसाका दोषीले उमेद्वारी दिन नपाउने उल्लेख छ ।
तर, एनआरएनए अष्ट्रेलियाको निर्वाचन आयोगले दुइ दिन अघि घरेलु हिंसाको आरोपितले पनि उमेद्वारी दिन नपाउने सुचना जारी गरेको थियो । सबै सदस्यहरुलाई पठाइएको सो व्यवस्था विधान, मानवअधिकार र फौजदारी न्याय सिद्धान्त विपरित भएको भन्दै नेपालट्युबले सामाचार सामाग्री प्रकाशन गरेको थियो । समाचार सार्वजनिक भएपछि निर्वाचन आयोगले गल्ती स्वकारेर उमेद्वारको योग्यतामा संशोधन गरेको छ । निर्वाचन आयोगले जारी गरेको नया सुचनामा घरेलु हिंसामा दोषी ठहरिएकाले उमेद्वारी दिन नपाउने स्पष्ट लेखिएको छ । यसअघि अभियोग लागेका उमेद्वारी दिन नपाउने भन्ने उल्लेख थियो । एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्ष तथा कानुन व्यवसायी टोनु घोतानले विधानमा भएको व्यवस्थालाई अन्यथा अर्थ लाग्ने गरि सुचना जारी गरिनु गलत भएको बताउनुभयो ।
उता प्रमुख निर्वाचन आयुक्त सुरेन्द्र सिग्देलले सुचनालाई संक्षिप्त बनाउने क्रममा केही शब्द छुटेकाले यस्तो हुन गएको स्पष्ट पार्नुभयो । समाचार बाहिरिएसंगै संशोधन गरि सदस्यहरुलाई पुन सुचना पठाइएको सिग्देलले जानकारी दिनुभयो ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव क“डेलले घरेलु हिंसा विरुद्ध संघ निकै कठोर भएकाले यस्तो व्यवस्था राखिएको बताउनुभयो ।

 

एनआरएनए अष्ट्रेलियाको उमेद्वारको योग्यताबारे गम्भीर त्रुटी । मानवअधिकारको उल्लघंन « Nepal Tube Australia

 

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6