Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसाउथ अष्ट्रेलियामा पार्क पुनर्निमाणका लागि नेपालीले गरे २० हजार डलर सहयोग

साउथ अष्ट्रेलियामा पार्क पुनर्निमाणका लागि नेपालीले गरे २० हजार डलर सहयोग


ब्रिजबेन
साउथ अष्ट्रेलियास्थित मेरियन काउन्सिल अन्तगर्त रहेको एक पार्क पुनर्निमाणका लागि त्यहा“का नेपालीले २० हजार डलर आर्थिक सहयोग गरेका छन् । ‘गिभिङ ब्याक टु कम्युनिटी’ अर्थात ‘समुदायका लागि योगदान’ भन्ने परियोजना अन्तगर्त गैर आवासिय नेपाली संघ अष्ट्रेलिया एनसिसि र साउथ अष्ट्रेलिया राज्य समितिले आधा आधा रकम जुटाएर सहयोग गरिएको बताइएको छ । साउथ अष्ट्रेलियाका एनआरएनए राज्य संयोजक नबिन पन्तका अनुसार बनभोज स्थल, बालउद्यानसहितको ग्लेनडोर पार्कमा नेपाली समुदायको सहयोगमा निर्माण गरिएको भनेर समेत लेखिएको छ । शनिवार पार्कको उद्घान गरिएको छ । कार्यक्रममा उपस्थित सांसद निकोल फ्लिन्टले पार्क निमार्णमा सहयोग पु¥याएकोमा नेपाली समुदायलाई धन्यवाद दिनुभयो । कार्यक्रममा मेयर क्रिस हानाले बहुसांस्कृतिक समुदाय मिलेर गरिएको यस्तो कार्य पहिलो भएको बताउनुभयो । उद्घान कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले पठाउनु भएको लिखित सम्बोधनलाई राज्य संयोजक पन्तले वाचन गर्नुभएको थियो । सम्बोधनमा कँडेलले कोरोनाका कारण नेपाल फेष्टिभल गर्न नपाए पनि भावी पुस्ताले समेत सम्झने खालाको परियोजनामा सहयोग गर्न पाउदा आफु निकै खुसी भएको बताउनुभयो । आगलागीका बेलामा नेपाली समुदायले गरेको सहयोग स्मरण गराउदै कँडेलले यस्तो महत्वपुर्ण परियोजनामा सहयोग गर्न व्यवस्था मिलाउने साउथ अष्ट्रेलियाका राज्य समितिलाई समेत धन्यवाद दिनुभयो ।
राज्य संयोजक नबिन पन्तले हामीले थोरै भएपनि सहयोग गरेर नेपाली समाजलाई गर्व हुने काम गरेको बताउनुभयो । पन्तले राज्य सरकारबाट विभिन्न परियोजनाका लागि लिइएको अनुदानबाट बचेको रकमबाट राज्य समितिले १० हजार र यसअघि सिड्नीमा भएको आर्थिक सम्मेलनमा बोर्डले १० हजार डलर पार्क निर्माणमा सहयोग गर्ने निर्णय गरेको समेत स्पष्ट पार्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6