Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा लिगलिगे दाैड । छानियाे मगर राजा

सिड्नीमा लिगलिगे दाैड । छानियाे मगर राजा


सरल गुरुङ/सिड्नी

अघिल्लाे शनिवार सिड्नीमा दुई मगर राजा चुनिएका छन् । ऐतिहासिक लिगलिगे दाैडमा विजयी भएका दुई युवा राजा छनाैट भएका हुन् । 

उनीहरुले साच्चैका राजा जसरी शासन भने गर्दैनन् । 

मगर समाज अष्ट्रेलियाले मागे संक्रान्तिकाे अवसरमा आयाेजना गरेकाे लिगलिगे दाैडमा प्रथम भएपछि परम्परा अनुसार समाजले उनीहरुलाई राजा घाेषणा गरेका हुन् । 

नेपाल एकिकरण पुर्व गण्डक क्षेत्रमा रहेकाे लिगलिग काेटमा दाैडिएर प्रथम हुने युवालाई राजा घाेषणा गरिन्थ्याे । 

“घले राजा चुनिएकाे सबैले सुनेका छन्” समाजका सचिव सुदर्शन थापाले भने – त्यस भेगमा मगरकाे पनि बाक्लाे बसाेबास भएकाे र मगर पनि राजा चुनिएकाे ईतिहास भेटिएकाले हामीले पनि लिगलिगे दाैड गरेका हाै । 

दाैडकाे  ३५ वर्षभन्दा माथिको प्रतिष्पर्धामा तीर्थजार कार्कीले बाजी मारे भने ३५ वर्ष मुनिमा  ललित थापा मगर राजा बने । उनीहरुलाइ समुदायले फेटा र नगदबाट सम्मान गरेका थिए । 

सय मिटर दाैडमा दुबै समुहमा २० जना भन्दा बढीकाे सहभगिता थियाे । 

मगरहरुकाे परम्परा अष्ट्रेलियामा पनि थामिराख्न सन् २०१० देखि नै माघे संक्रान्तिमा लिगलिगे दाैड आयाेजना गर्ने गरेकाे थापाकाे भनाई छ । 

माघे संक्रान्ति मेला सिड्नीकाे अलवुड पार्कमा भएकाे थियाे । झण्डै एक हजार जना सहभागी कार्यक्रममा मगरकाे संस्कृति झल्कने नाचगान र परिकार आकर्षणकाे केन्द्र बनेकाे थियाे । 

सन् २०१० मा गठन भएकाे मगर समाज अष्ट्रेलियाले यहाँ मगर संस्कृति जाेगाई राख्न महत्वपुर्ण भूमिका खेल्दै आएकाे छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6