Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ स्टार फुटबलर मेस्सी फ्रेन्च क्लब पीएसजीमा आवद्ध, वर्षिक ३५ मिलियन युरो तलब

स्टार फुटबलर मेस्सी फ्रेन्च क्लब पीएसजीमा आवद्ध, वर्षिक ३५ मिलियन युरो तलब


एजेन्सी, काठमाडौं । स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजीमा आवद्ध भएका छन् । हालै स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट बिदा भएका मेस्सी तीन वर्षको सम्झौता मार्फत पीएसजीमा आवद्ध भएका हुन् । सम्झौता अनुसार तेस्रो वर्षमा उनी अर्को क्लब जान पाउने छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेस्सी वार्षिक ३५ मिलियन युरोमा पीएसजीमा आवद्ध भएका हुन् । उनलाई सम्झौता थप गर्ने विकल्पसमेत दिइएको बताइएको छ । मेस्सीले २१ वर्ष बार्सिलोनामा बिताउँदा ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । यस अवधिमा उनले ६ पटक बालोन डी ओर जिताएका थिए । बार्सिलोनाका लागि १० ला लिगा, चार च्याम्पियन्स लिग र सात पटक कोपा डेल रेको उपाधि मेसीले नै दिलाएका थिए ।

फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका स्टार खेलाडी मेस्सीले ३० नम्बरको जर्सी लगाउने भएका छन् । मेस्सीले बार्सिलोनाबाट डेब्यु गर्दा ३० नम्बरको जर्सी लगाएका थिए । उनले सन् २००६ देखि जर्सी नम्बर १९ लगाएका थिए । सन् २००८ मा रोनाल्डिन्हो बाहिरिएपछि मात्रै मेस्सीले १० नम्बरको जर्सी लगाएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6