Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए सचिवमा अष्ट्रेलियाका अभिमानको उमेद्वारी, कामदारका लागि विशेष जोड

एनआरएनए सचिवमा अष्ट्रेलियाका अभिमानको उमेद्वारी, कामदारका लागि विशेष जोड


ब्रिजवेन, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आइसिसिको आगामी कार्यकालको सचिव पदमा अष्ट्रेलियाका अभियन्ता अभिमानसिंह बस्नेतले उमेद्वारी दिनुभएको छ । एनआरएनए आइसिसिको आगामी अक्टोबर २३ देखि २५ तारिखसम्म नेपालमा सम्मेलन हुदैछ । यसअघि सन् २०१५ देखि १७ सम्म एनआरएनए कुइन्सल्याण्ड राज्य संयोजक भएर काम गरिसक्नु भएका अभिमान अष्ट्रेलियाको नेपाली समाजमा कहलिएको नाम हो ।

खासगरी स्पष्ट वक्ता र दुख परेको नेपालीलाई सहयोग गर्न सधै अग्रपंतिमा उभिने अभिमानले यसपाली मध्यपुर्वदेखि जापाना, कोरिया र युरोपमा श्रम बेचिरहेका नेपालीहरुको उत्थानका लागि समेत एजेण्डा अघि सार्नुभएको छ । अष्ट्रेलिया,क्यानाडा, बेलायत, अमेरिका तथा युरोपमा स्थाई रुपमा बसोबास गरिहेका नेपालीलाई दोहोरो नागरिकताको व्यवस्था गर्न नेपाल सरकारसंग लबिङ गर्ने एजेण्डालाई अभिमानले प्राथमिकतामा राख्नु भएको छ । विदेशी बस्ने नेपालीहरुको देश र परिवेश अनुसार समस्या र आवश्यकता फरक फरक भएकाले क्षेत्र र देश अनुसार आफुले एजेण्डाहरु अघि सार्दै आएको बस्नेतले बताउनुभयो ।

सामाजिक संजालमा आफ्नो उमेद्वारी घोषणा गर्दै अभिमानले लेख्नु भएको छ-“मैले एन.आर.एन अभियानलाई हाम्रो अधिकार, जिबनशैली अनि जिम्मेवारीको अभियानको रुपमा लिएको छु। हामीले दोहोरो नागरिकता पाउँदै गर्दा हामी जन्मेको राष्ट्र प्रतिको जिम्मेवारी पनि निर्वाह गर्न सक्नु पर्छ भन्ने मैले राम्ररी बुझेको छु। कर्मभूमिमा सिकेको ज्ञान र शिप अनि समृद्धीलाई मातृभूमीको उत्थान र बिकासमा लगाउने जिम्मेवारी पनि अहिले सम्पूर्ण एन।आर।एनहरुले महसुस गरेका छौं होला भन्ने बिश्वास मलाई छ । हामी नेपाल आमाको मुहारमा चमक ल्याउन अनि नेपाल र नेपालीको समुन्नतीको लागि आगामी दिनमा यो अभियान मार्फत अझै धेरै काम गर्न सक्नेछौं र यसमा जुट्न चाहिने तागत र प्रतिबद्दता जुटाउन कुनै कसर बाँकी राख्ने पनि छैनौ।”

विदेशमा बस्ने नेपालीहरुको आवश्यकता र समस्यालाई सम्बोधन गर्न उच्च तहको लबिङ गर्ने अभिमानले प्रतिबद्धता गर्नुभएको छ । नागरिकता बाहेक, नेपालको पर्यटन प्रवद्र्धनमा सारा एनआरएनएको प्रत्यक्ष संलग्नताका लागि जुट्ने, Ancestry tourism अर्थात पुर्खाको भूमि घुमौं भन्ने पर्यटनलाई प्रवद्र्धन गर्ने, विदेशमा सिकेको ज्ञान र सिपलाई नेपालमा लगानी गर्ने वातावरण बनाउने तथा आइसिसिलाई तिर्दै आएको सदस्यता शुल्क घटाउन पहल गर्ने जस्ता थप एजेण्डा पनि अभिमानले अघि सार्नुभएको छ ।

सन् २००८ सालदेखि अष्ट्रेलियाको ब्रिजवेनमा बस्दै आउनुभएका अभिमानले आफ्नो एजेण्डालाई कार्यन्वयनका लागि सहयोग गरिदिन विश्वभरीका नेपालीलाई अपिल गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6