Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतीजमय तास्मानिया; होबार्टदेखि बर्निसम्म

तीजमय तास्मानिया; होबार्टदेखि बर्निसम्म


होबार्ट । कोरोना भाइरस प्रतिबन्धका कारण अन्य राज्यहरू भन्दा तास्मानियामा बस्ने नेपाली चेलीबेटीहरूले नेपालकै शैलीमा यस वर्षको तीज मनाएका छन् । दर खाने दिन भन्दा एक महिना अघि देखिनै तास्मानियाका नेपाली दिदीबिहनीहरुमा तीजको हर्षोल्लास देखिन्थ्यो ।

केही दिदी बिहनीहरुले त एकै दिन ३ सय २५ किलोमिटर भन्दा बढी यात्रा गरी तीजको कार्यक्रममा सहभागी हुन भ्याए । नारी निकुञ्ज तास्मानियाकी उप संयोजक आर्जु रिजाल भन्छिन्, ”बच्चा च्यापेर  तास्मनियामा  भएका कुनै पनि कार्यक्रम छुटाइन्।आर्जु जस्तै धेरै दिदी बिहानी जो बच्चाका आमाहरू छन् उनीहरूको पनि  यस वर्षको तास्मानियाको तीजमा उल्लेख्य सहभागिता देखिन्थ्यो ।

दिदी बहिनीको पर्व भएकाले नारी निकुञ्जले राज्यका विभिन्न समुदायले गरेका  तीजका कार्यक्रमहरूलाई आर्थिक सहयोग गरेको उप संयोजक आर्जुले जानकारी दिइन् । विभिन्न व्यवसायिक तथा सङ्घ सस्थासग सहकार्य गर्दछौ तास्मानियाका विभिन्न नेपाली समुदायले तीजको यसरी मनाए ।

बर्नी

तास्मानियाको नर्थ वेस्टमा रहेको  बर्निमा  सेप्टेम्बर एकमा तीजको कार्यक्रम भयो । बर्नि नेप्लिज कम्युनिटीको आयोजनामा सम्पन्न भएको थियो  । कार्यक्रममा ८० जना भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागी अतिथिहरूलाई कम्युनिटीका  मुगेन्द्र गौतमले स्वागत गरेका थिए ।काउन्सिलका प्रतिनिधिले नेपाली समुदायलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। महिला सहभागिता उत्साहजनक थियो। बालबालिका खेल्ने, रमाउने छुटै स्थान भएकोले सबै दिदीबहिनीले खुलेर नाच्न पाएको दिखियो। आफनो कला प्रस्तुत गर्ने दिदीबहिनीलाई आयोजनकले  प्रोत्साहन गरेको देखिन्थ्यो।

डेभनपोर्ट

डेभनपोर्ट नेप्लिज कम्युनिटीको आयोजनानारी निकुञ्ज तास्मानियाको सहकार्य र ग्लोबल मार्क एजुकेसन एन्ड भिसाको प्रमुख प्रायोजनमा सेप्टेम्वर ५ मा डेभनपोर्टमा  तीजको  दर  खुवाउने कार्यक्रम आयोजना गरेको थियो । लट्रोव मेमो रियल हलमा सम्पन्न भएको उक्त कार्यक्रममा १ सय ८० जनाको सहभागिता रहेको थियो ।   होबार्ट  लनचेस्टन बर्नि लगायतका विभिन्न शहरबाट उलेख्य मात्रमा दिदीबहिनीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समुदायका सुवास मिश्रले अतिथिहरूलाई स्वाग गरेका थिए भए । कार्यक्रमका संयोजक चेतन कँडेलले कार्यक्रमको अन्तमा सहभागीहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

लनचेस्टन

राज्यको दोस्रो ठुलो शहर लनचेस्टनमा भने नेपाली सोसाइटी अफ नदर्न तास्मानियाले दर खुवाउने दिन भन्दा दुई साता अलिनै अगस्ट २९ मा तीजको कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रम पनि नारी निकुञ्जको सहकार्यमा सम्पन्न भएको सोसाइटीका अध्यक्षका प्रशान्त खनाले जानकारी दिए । तीजका मौलिक गीतहरूमा दिदी बहिनी रुले  नृत्यहरू प्रदर्शन गरेका थिए ।

होबार्ट

नेपाली सोसा ईटी अफ तास्मानियाको आयोजनमा सेप्टेम्बर ४ मा होबार्टमा तीजको भव्य कार्यक्रम भयो । सामाजिक सेवा पनि गर्नै उद्देश्यले आयोजना गरिएको कार्यक्रम दिदी बहिनीहरूको  बाक्लो मात्रमा सहभागिता रहेको थियो । कार्यक्रम उठेको केही रकम भने नेपालका दुर्गम क्षेत्रमा महिला विद्यार्थीका लागि स्यानेट्री प्याड वितरण कार्यक्रममा सहयोग गर्नै  सोसाइटीका अध्यक्ष खगेन्द्र सत्यालले जानकारी दिए । उक्त कार्यक्रमलाई एनआरएनए तास्मानिया लगायत  विभिन्न व्यवसायीहरूले तथा  संघसस्थाहरुले सहयोग गरेका थिए ।

 

यसैबिच नेपाली समाज तास्मानिया र नारी निकुञ्ज तास्मिनयाले पनि तीजको दिन पारेर सेप्टेम्बर ९ मा होबार्टमा पूजा तथा तीज मेलाको आयोजना गर्‍यो । अन्य तीजको कार्यक्रम भन्दा फरक  भएका कारण दिदीबहिनीहरूको उपस्थिति बाक्लो देखिन्थ्यो । बर्तालु दिदीबिहनीहरु तीजको पुजाअर्जना कार्यक्रममा सहभागी रहेको नेपाली समाजका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए। कार्यक्रममा राम्रो नृत्य गर्नै दुईजनालाई वेस्ट डान्स अवार्ड प्रदान गरिएको थियो ।साथै कार्यक्रमलाई सहयोग गर्नै विभिन्न संघ सस्थाका प्रतिनिधिलाई सम्मान  गरिएको अधिकारीले जानकारी दिए ।  



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6