Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुइन्सल्याण्ड एनआरएनका नयाँ टिमलाई समुदायको सन्देश – सबैसंग हातेमालो गर

कुइन्सल्याण्ड एनआरएनका नयाँ टिमलाई समुदायको सन्देश – सबैसंग हातेमालो गर


सरल गुरुङ/ब्रिजवेन
मंगलबार गैर आवासिय नेपाली संघ कुइन्सल्याण्ड राज्य समितिले विधिवत रुपमा नयाँ नेतृत्व पाएको छ । वेभल हाइटस्को सामुदायिक भवनमा आयोजित कार्यक्रममा निवर्तमान टिमले नव निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सहभागी समुदायका सदस्यहरुले नयाँ टिमलाई कुइन्सल्याण्डका समाजिक संघसंस्था, राजनीतिक विचार समुह, व्यवसायी, अभियन्ता लगायत सबै तह र तप्काका मानिसहरुसंग हातेमालो गरेर अघि बढ्न स्पष्ट सन्देश दिएको छ । कुइन्सल्याण्डमा एनआरएनए संगै समाजमा निकै राम्रो प्रभाव जमाएको नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड एनएक्यु र कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसि भन्ने संस्था छ । यी तीन संस्थाहरु पनि सहकार्य हुन नसक्दा विगतमा यहाँको नेपाली समाजको कार्यक्रमहरु नै प्रभावित हुदै आएको पृष्ठभूमिमा समाजका अुगवाहरुले पद हस्तान्तरण कार्यक्रममा मिलेर जानुपर्ने स्पष्ट मार्गनिर्देशन दिएको हो । कार्यक्रममा क्युएनसिसिका अध्यक्ष केशव शर्माले नयाँ टिमको युवा जोश र उत्साह देखेर राम्रो काम गर्नेछ भन्नेमा विश्वास रहेको बताउनुभयो । कुइन्सल्याण्डमा धेरै सामाजिक संघसंस्थाहरु छन् भन्दै शर्माले संघसंस्थाका उदेश्यहरु फरक फरक भएपनि मिलन बिन्दु एउटै भएकाले त्यसलाई पहिचान गरि हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै एनएक्युका अध्यक्ष देवराज पौडेलले यसअघिको कार्यसमितिले लकडाउनका बेला विद्यँर्थीलाई घरघर पुगेर खाना बाडेको कुराको प्रशंसा गर्नुभयो । दुलालले एनआरएनए संघ हातेमालो गरेर काम गर्ने संस्था र आफु सधै तयार रहेको बताउनुभयो । एनआरएनए अष्ट्रेलियाका पूर्व महासचिव नारायण कोइरालाले नयाँ टिमका नेतृत्वले समाजमा के गर्न सकिन्छ भनेर अगुवाहरुसंग छलफल अघि बढाइसकेकाले यो टिमले केही गर्नेछ भन्नेमा विश्वास लागेको बताउनुभयो । कुइन्सल्याण्डमा ५० भन्दा बढी संघसंस्था भएकाले ती सबैसंग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै कुइन्सल्याण्डका पुर्व संयोजक तथा एनआरएनए केन्द्रिय समितिका सचिवका उमेद्वार अभिमानसिंह बस्नेतले यहाँ टिमको हरेक राम्रा काममा साथ दिने भन्दै दुइ वर्षपछि पद छोड्दा गर्व गर्न लायक काम गर्नु सुझाव दिनुभयो । त्यस्तै कुइन्सल्याण्ड राज्य समितिका पुर्व संयोजक स्वतन्त्र प्रताप शाहले चुनावी प्रकृयामा जो जहाँबाट उठेपनि यो टिमले सबैलाई आफ्नै ठानेर समेटेर अघि लानुपर्ने बताउनुभयो । चुनावका बेला देखिएको उर्जा कार्यकाल अवधीभर पनि देखिनुपर्ने भन्दै शाहले यो टिमलाई साथ दिने बचन दिनुभयो । त्यस्तै आइसिसि सदस्य सन्तोष कुवँरले काम र परिवारका लागि दिने समय छुट्याएर केही गर्छु भनेर समाजिक काममा लाग्नु आफैमा स्वागत योग्य काम भएको भन्दै नयाँ टिमको उर्जाले सकारात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पद हस्तान्तरण गरेपछि निर्वतमान संयोजक उमेश खड्काले कोभिडको समयमा काम गर्न केही अप्ठ्यारो परेपनि धेरै सामाजिक कामहरु गर्न सफल भएको बताउनुभयो । खड्काले नयाँ टिमलाई सफल कार्यकालको शुभकामना दिनुभयो । कार्यक्रममा निवर्तमान कोषाध्यक्ष तथा हालका उपाध्यक्ष शम्भु घैंसेले आर्थिक विवरण पेश गनुभएको थियो ।

नवनिर्वाचित राज्य संयोजक बिनोद आचार्यको कार्ययोजना

कार्यक्रममा नवनिर्वाचित राज्य संयोजक बिनोद आचार्यले दुइ वर्षको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । मुख्य, प्रशासनिक र सामुदायिक सेवाको तीन खण्डमा सार्वजनिक कार्यक्रममा नेपाल फेष्टिभल, सामुदायिक भवन, नेपाली पाठशालाको क्षमतावृद्धी लगायतका विषय समेटिएको छ । त्यस्तै सामाजिक र खेलकुदका संघसंस्थासंग हातेमालो गर्ने, घरेलु हिंसा, मानसिक स्वास्थ्य, समुन्द्री सुरक्षा, ठगी सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने तथा कोभिडका कारण उत्पन्न समस्या पहिचान गरि सहयोग गर्ने जस्ता कार्यक्रमहरु पनि समेटिएका छन् । अध्यक्षले सार्वजनिक गर्नुभएको कार्यक्रमको अनुमानित खर्च १ लाख २३ हजार ७ सय डलर छ । Photo- Dr Bharat Raj Paudel



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6