Thursday, 15 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ ‘हाम्रो सम्बन्ध’ को म्युजिक भिडियो ब्रिजवेनमा बन्दै

‘हाम्रो सम्बन्ध’ को म्युजिक भिडियो ब्रिजवेनमा बन्दै


ब्रिजवेन
लोकप्रिय गायक सुनिल गिरीको गित हाम्रो सम्बन्धको सुटिङ अष्ट्रेलियाको ब्रिजवेनमा भइरहेको छ । दशैं अगाडी सार्वजनिक गर्ने गरि ब्रिजवेन आसपासमा धमाधम सुटिङ भइरहेको छ ।
भिडियोमा मोडल करण गुरुङलाई हिलारी रावलले साथ दिनुभएको छ । भिडियोको कोरियोग्राफीको जिम्मा भने किरण मगरको हातमा परेको छ । भिडियोलाई ब्रिजवेनका उम्दा भिडियोकर्मी सुदिप विष्टले निर्देशन गरिरहनुभएको छ । नेपाली गितलाई अष्ट्रेलियामा सुटिङ गर्नका लागि नोभा एजुकेशन तथा भिषा सर्भिसेसले आर्थिक सहयोग गरेको छ ।
को होला त्यो ? कस्तो यो मन, सुनको चुरा जस्ता लोकप्रिय गित गाइसकेका गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गितलाई अष्ट्रेलियामा निमार्ण गर्ने काम त्यति सजिलो नभएको निर्देशक विष्ट बताउनुहुन्छ । युवा पुस्ताले रुचाउने खालको गित भएकाले अष्ट्रेलियाको जिवनीसंग मेल खाने गरी भिडियो बनाउन लागिएको विष्टले जानकारी दिनुभयो । कलाकार करणले पनि यो भिडियो आफ्ना लागि कमब्याक प्रोजेक्ट भएकाले निकै आशावादी र उत्साही भएको बताउनुभयो । करणले ५ वर्षअघि नै नेपालमा केही म्युजिक भिडियोहरु खेलिसक्नुभएको छ । अर्का कलाकार हिलारीले पनि भिडियो उत्कृष्ट बन्नेमा आशावादी रहेको बताउनुभयो । नेपाली कला, भाषा र संगितलाई उत्थान गर्नका लागि नेपाली म्युजिक भिडियो निर्माणमा सहयोग गरेको नोभाको भनाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-15' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6