Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा १४ वर्ष दाल चामल बेचेका मुरारी बने उत्कृष्ट रियल स्टेट एजेण्ट

सिड्नीमा १४ वर्ष दाल चामल बेचेका मुरारी बने उत्कृष्ट रियल स्टेट एजेण्ट


सरल गुरुङ/सिड्नी
सन् १९९६ मा बिजनेश इकोनोमी पढ्न अष्ट्रेलिया ओर्लिएका मुरारी लम्सालले आएकै दुइ वर्षपछि सिड्नीको सरी हिलमा ग्रोसरी सप (किराना पसल) थाप्नुभयो । दाल चामल बेच्नमै रमाइरहनु भएका मुरारीलाई पसलसंगै जोडिएको रियल स्टेट कम्पनीबाहिर टासिएका साइनबोर्ड र आकर्षक घरका तस्बिरहरुले तानिरहन्थ्यो । तर, खुद्रा समान बेच्ने साहुजीलाई लाखौ पर्ने घर कसरी किनबेच गर्ने पत्तो थिएन । मिलनसार र मृदुभाषी मुरारीको दोकानमा आउने ग्राहक उनको त्यहि शैलीले लोभिएका थिए । त्यहि लोभिने ग्राहकहरुको भिडमा संगै जोडिएको रियल स्टेटमा काम गर्ने एजेण्टहरु पनि थिए । ग्राहकलाई सन्तुष्ट पार्ने सक्ने अच्चमको खुबी देखेका ती एजेण्टले बारम्बार तिमीले पनि घर बेच्नुपर्छ भन्दै उत्साहित बनाउने गरेको मुरारी सम्झनुहुन्छ । ‘ती एजेण्टको कुरा सुनेपछि म पनि घर बेच्न सक्छु कि भन्ने आत्मबल आउन थाल्यो’- मुरारी भन्नुहुन्छ- ‘त्यहि आत्मबल कालन्तरमा मेरो रोजीरोटी बन्यो ।’

किराना पसल छोडेर घरजग्गा तिर

घर जग्गा बेच्न रियल स्टेट एजेण्टको लाइसेन्स चाहिन्छ । मुरारीले किराना पसल गर्दागर्दै रियल स्टेटको लाइसेन्सका लागि टेफमा भर्ना भएर एक वर्ष रियल स्टेट लाइसेन्स र डिप्लोमा इन एजेन्सी म्यानेजमेन्ट कोर्स गनुभयो । पढाई सकेर सन् २०१७ मा मुरारी आधिकारिक रुपमा रियल स्टेट एजेण्ट बन्नुभयो । रियल स्टेट एजेण्ट बनेपछि मुरारीको दिनचर्या पुरै ३६० डिग्रीमा फेरिएको छ । दालचामल र खुद्रा समानको दुइ चार डलरबाट मुरारी अहिले लाखौ डलरको घरजग्गा डिल गर्न सक्ने हुनुभएको छ । हाल मुरारी मल्टि डायनामिक रियल स्टेट मार्फत सिड्नीको बार्डिया क्षेत्रमा घरजग्गा कारोबारमा सक्रिय हुनुहुन्छ ।

सन् २०१२ तिर सिड्नीको सरीहिल्सस्थित किराना पसलमा मुरारी

उत्कृष्ट एजेण्टको उपाधी, अष्ट्रेलियन पत्रिकाको सुचिमा

मुरारी लम्साललाई हालै अष्ट्रेलियाको लोकप्रिय पत्रिका द टेलिग्राफले उत्कृष्ट रियल स्टेट एजेण्ट सुचिमा राखेको छ । पत्रिकाले विभिन्न स्रोत सामाग्रीहरुमार्फत मुल्याकंन गरेर हालै दक्षिण पश्चिम सिड्नीका उत्कृष्ट १० रियल स्टेट एजेण्टहरुको नाम र विवरण सार्वजनिक गरेको छ । उक्त सुचिमा मल्टिडायनामिक रियल स्टेटका एजेण्ट मुरारी पनि छनोटमा पर्नुभएको हो । वर्षभरी गरेको कारोवार,ग्राहक सन्तुष्टी र अन्य आधारहरुलाई केलाएर पत्रिकाले उत्कृष्ट एजेण्टमा मुरारीलाई पनि समावेश गरेको हो । पत्रिकाका अनुसार मुरारी र उनको टिम मिलेर गत वर्ष मात्रै ९५ वटा घर किनबेच गरेको छ भने ७६ मिलियन डलरको कारोबार भएको छ । मुरारीका अनुसार घर किनबेच गर्ने ग्राहकमा ४० प्रतिशत नेपाली र ६० प्रतिशत अन्य समुदायका छन् । उत्कृष्ट कसरी हुनु भयो त ? भन्ने हाम्रो प्रश्नमा मुरारी भन्नुहुन्छ- ‘यो सबै लगन, मेहनत र राम्रो टिमको परिणाम हो ।’

हालै आवास क्षेत्रका रुपमा विकास भइरहेको बार्डिया क्षेत्रमा मुरारी लगायत मल्टिडायनामिक रियल स्टेटको प्रभाव राम्रो छ । त्यहि प्रभाव र विश्वासका आधारमा समेत आफुले उत्कृष्ट कारोबार गर्न सकेको लम्सालको भनाई छ । मैले ग्राहकलाई इमान्दार र वस्तुनिष्ठ भएर घर र जग्गाको सबै जानकारी दिने भएकाले पनि आफु ग्राहकको रोजाइमा परेको मुरारीको बुझाई छ । दालचामल बेच्न सजिलो कि घर ? लम्साल भन्नुहुन्छ- ‘दुबै उस्तै हुन्, मुल्य फरक भएपनि ग्राहक प्रतिको जिम्मेवारी र सेवा उस्तै भएकाले घर र खुद्रा सामान बेच्नु खासै फरक छैन ।’ त्यसको उदाहरणका रुपमा किराना पसलका अधिकांश ग्राहक नै अहिले आफ्नो घर किन्ने ग्राहक भएको मुरारीको भनाई छ । ‘मैले खुद्रा सामानलाई हल्का फुल्का रुपमा लिएर बेचेको भए त अहिले ती ग्राहकहरु मलाई खोज्दै घर किन्न किन आउनुहुन्थ्यो र ?’ मुरारी प्रश्न गर्नुहुन्छ ।

पछिल्लो समय धेरै नेपालीहरु रियल स्टेटमा लाग्न थालेको कुराले मुरारी उत्साहित हुनुहुन्छ । तर, केही वर्ष मेहनत नगरेसम्म आम्दानी नहुने भएकाले कम्तिमा एक वर्ष आम्दानी नै नभएपछि घरखर्च धान्न सक्ने भएमात्रै रियल स्टेटमा लाग्न मुरारी सुझाव समेत दिनुहुन्छ । एजेण्ट हुने बित्तिकै पैसा कमाइने भ्रमका कारण धेरै घरजग्गा कारोवार लाग्ने तर नटिक्ने गरेको मुरारीको बुझाई छ । वर्षमा ३० वटासम्म घरजग्गाको कारोबार नगरेसम्म आर्थिक रुपमा अघि बढ्न नसक्ने मुरारी बताउनुहुन्छ । मुरारीले हालसम्म २ सय भन्दा बढी कारोबार गरिसक्नु भएको छ । ठुलो घर किनेर ठुलो ऋणमा पर्नुभन्दा ठिक्क घर किनेर आरामको जिन्दगी बाच्न मुरारी सबैलाई सुझाव दिनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6