Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा केही हप्ता भूकम्पको थप पराकम्पन आउन सक्ने । यसरी रहनुस् सुरक्षित

अष्ट्रेलियामा केही हप्ता भूकम्पको थप पराकम्पन आउन सक्ने । यसरी रहनुस् सुरक्षित


मेलवर्न, अष्ट्रेलियामा केही हप्ता वा महिनासम्म पनि थप पराकम्पनहरु आउन सक्ने विज्ञहरुले बताएका छन् ।  भिक्टोरिया  राज्यको म्यान्सफिल्ड केन्द्र बिन्दु पारेर बुधबार बिहान बिहान सवा ९ बजेतिर ५.९ रेक्टर स्केलको भुकम्प गएको हो । मेलवर्नबाट १९० किमी टाढा केन्द्रबिन्दु पारेर गएको भुकम्पले मेलवर्न लगायत आसपासका क्षेत्रहरु न्यु साउथ वेल्स, एडिलेड र क्यानवेरासम्म पनि धक्का महशुस गरिएको स्थानिय संचारमाध्यमहरुले जनाएको छ । भुकम्पबाट मेलवर्नमा केही भवन समेत भत्किएको खबर प्राप्त भएको छ । अष्ट्रेलिया जियो साईन्सका अनुसार भुकम्पको केन्द्र बिन्दु सतहबाट  १० किलोमिटर भित्र मात्र रहेको थियो ।

मेलवर्नमा बस्ने पत्रकार चिरिञ्जिवी देवकोटाले ३० सेकेण्डसम्म हल्लाएको भुकम्पको निकै ठुलो धक्का महशुस गरेको बताउनुभयो । ‘म घरभित्रै थिए’-देवकोटाले भन्नुभयो-‘१० सेकेण्डसम्म केही हुदैन होला भनेर भित्रै बसे तर, धक्का बढ्दै गएपछि काखे छोरी च्यापेर बाहिर निस्कदै गर्दा भुकम्प रोकियो’ । जियो साइन्स अष्ट्रेलियाका अनुसार आलपाइन राष्ट्रिय निकुञ्ज आसपास आएको यो नै पहिलो भूकम्प हो । युरोपियन सेटलमेन्टपछि अष्ट्रेलियामा आएको ठुलो मध्येको यो एक भूकम्प हो । पहिलो भूकम्प आएपछि त्यसका ६ वटा पराकम्पनहरु आइसकेको छ । विज्ञहरुका अनुसार त्यस्ता पराकम्पनहरु महिनादिन सम्म पनि आइरहन सक्नेछन् । भूकम्पले मानविय क्षति भने भएन, तर केही भवनहरु भने भत्किएका छन ।

यसरी रहनुस सावधान

एक पटक भूकम्प गएपछि केही घण्टा, दिन र हप्तापछि पनि त्यसको पराकम्पनहरु आउन सक्छ । त्यसैले तपाई त्यस क्षेत्रमा हुनुहुन्छ भने सावधानी अपनाउनु होला । जियो साइन्स अष्ट्रेलियाका वरिष्ठ भूगर्भविद् ट्रेभर एलेनका अनुसार भूकम्प आउदा ड्रप, कभर र होल्ड विधी अपनाउनुपर्छ । यो भनेको आफुले टेकेको जमिन हल्लिन थालेपछि भूकम्प हो भन्ने बुझेर जमिनतिर झुक्ने, नजिकै सुरक्षित ओत लाग्न मिल्ने स्थानहरु जस्तै टेबल वा डेक्सको मुनी लुक्ने, भूकम्पको कम्पन रहुञ्जेल त्यहि स्थानमा बसिरहने पद्धती हो । एलेनका अनुसार भूकम्पका बेला ठुला ठुला भवन भत्किएर भन्दा छेउछाउका वस्तुहरु खसेर अधिकांश मानिस घाइते हुने गरेका छन् । भूकम्पका बेला ढोकाको चारकोसमा उभिने विधी भने खतरनाक हुनसक्छ । किनकी ढोका नै हल्लिएर व्यक्तिलाई चोट पुर्याउन सक्छ ।

त्यस्ता पराकम्पनहरुले अग्ला र पुराना भवनहरु भत्काउन सक्ने तथा अग्लो स्थानबाट सामान तथा इट्टा सिसाहरु खस्ने सक्ने संभावना हुन्छ । त्यसैले त्यस्तो जोखिमयुक्त स्थान पहिचान गरि त्यस छेउछाउ हिड्दा ध्यान पुर्याउनु होला ।
त्यस्तै भूकम्पको कम्पनले ग्यासको लाइनहरुमा पनि क्षति पुगेको हुनसक्छ । त्यसैले भत्किएका भवन तथा खुल्ला ठाउमा आगो बाल्ने काम नगर्नुहोला । यदि तपाई समुन्द्रको आसपास हुनुहुन्छ भने तट वरीपरी नजानुहोला । भूकम्पको कम्पनका कारण समुन्द्रमा सुनामी आउन सक्ने डर हुन्छ । त्यस्तै सवारी साधन हाक्दा थप चनाखो बन्नुहोला । भूकम्प गइरहेको बखत सवारी हाक्नु थप जोखिमपूर्ण हुनसक्छ । भूकम्प भइरहेका बेला सुरक्षित र खुल्ला स्थानमा गाडी रोक्दा सुरक्षित हुन सकिन्छ । सडकका ट्राफिक लाइटमा हुनसक्ने क्षतिले सवारी आवागमनमा समस्या पर्न सक्छ त्यसैले अन्य वैकल्पिक बाटोको पनि तयारी गरिरहनुपर्दछ ।
तपाईलाई भूकम्पका बेला आपत परेमा ००० मा कल गर्नुहोस् । Photo- ABC News



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6