Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaचिनियाँ खोप लगाएका विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिन विश्वविद्यालयहरुको आग्रह

चिनियाँ खोप लगाएका विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिन विश्वविद्यालयहरुको आग्रह


ब्रिजवेन
अष्ट्रेलियाका विश्वविद्यालयहरुले चीनियाँ खोप लगाएका विद्यार्थीलार्ई पनि आउन दिने व्यवस्था गरिदिन पहल गरेको छ । न्यु साउथ वेल्स राज्यका भाइस चान्सलर समितिका प्रमुख प्राध्यापक बार्नी ग्लोभरले अष्ट्रेलियामा खोपलाई मान्यता दिने निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन टिजिएलाई यहा“ मान्यता प्राप्त नगरेका खोप लगाएका मानिसलाई कसरी भित्र्याउन सकिन्छ भनेर यथासक्य सरकारलाई सुझाव दिन आग्रह गर्नुभएको छ । बार्नीले त्यस्ता मानिसहरुलाई कुन पद्धती र कस्ता क्वारेन्टिनकोे व्यवस्था गर्न सकिन्छ भनेर मार्ग प्रसस्त गरिदिन पनि टिजिएलाई अनुरोध गरेको छ । सिमाना खुल्ला गर्दै जाने हो भने खोप रणनीतिलाई पनि बृहत गर्दै लानुपर्ने बार्नीको भनाई छ । त्यसैले यसबारे छिटो भन्दा छिटो योजना बनाउन बार्नीले संघिय सरकारसंग अनुरोध गर्नुभएको छ ।

अष्ट्रेलियामा मान्यता प्राप्त खोपको पुर्णमात्रा लगाएका अन्तराष्ट्रिय विद्यार्थीलार्ई पाइलट योजना अन्तगर्त भित्र्याउन संघिय सरकार र न्यु साउथ वेल्स राज्य सरकार सहमत भएका छन् । शुक्रबार न्यु साउथ वेल्स राज्यले आगामी डिसेम्बरमा बढी ६ सय ५० विद्यार्थी भित्र्याउने योजना सार्वजनिक गरेको छ । अष्ट्रेलिया थेराप्युटिक गुड्स् एडमिनिस्ट्रेसनले एष्ट्राजेनिका, फाइजर, जोनसन एण्ड जोनसन र मडोना खोप लगाउन अनुमति दिएको छ ।
१८ महिनादेखि बन्द रहेको अन्तराष्ट्रिय खोल्नका लागि न्यु साउथ वेल्स सरकारको यो कदम सकारात्मक भएपनि अष्ट्रेलियाले चिनियाँ खोप लगाएका विद्यार्थी तत्काल आउन नदिने भएपछि नेपाल र चीनका विद्यार्थी प्रभावित भएका छन् । नेपालमा अधिकांश मानिसले चिनिया खोप सिनोभ्याक र सिनोफाम लगाएका छन् ।

त्यस्तै युटिएस विश्वविद्यालयका भाइस चान्सलर इएन वाटले विश्व स्वास्थ्य संगठनले मान्यता दिएका चिनियाँ खोप लगाएका विद्यार्थीलाई पनि अष्ट्रेलियाले आउन दिनेमा आफु आशावादी रहेको बताउनुभएको छ । वाटका अनुसार अमेरिकाले समेत आगामी नोभेम्बरबाट सिनोभ्याक र सिनोफाम जस्ता चिनिया“ खोपको पुर्णमात्रा लगाएका मानिसलाई प्रवेश दिने तयारी गरेको छ । त्यसैले अष्ट्रेलियाले पनि यसै वर्षको अन्त्य र अर्को वर्षको सुरुवातबाट यहि मार्ग समात्नेमा आफु आशावादी रहेको वाटको भनाई छ । Photo- University of Sydney

डिसेम्बरमा यसकारण नेपाली विद्यार्थी पनि अष्ट्रेलिया आउन पाउने संभावना 

 

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6