Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतास्मानियाकी मन्त्रीको आग्रह नेपालीका सबै संस्था मिलेर आए सरकारले सहयोग गर्ने

तास्मानियाकी मन्त्रीको आग्रह नेपालीका सबै संस्था मिलेर आए सरकारले सहयोग गर्ने


होबार्ट/तास्मानियाकी एक मन्त्रीले नेपालीका संघसंस्थाहरु एकजुट भएर माग गर्न नसक्दा सरकारलाई सहयोग गर्न अप्ठ्यारो परेको बताउनुभएको छ । नेपालीहरुसंगको भेटका क्रममा तास्मानिया सरकारको न्याय, कार्यस्थल सुरक्षा, उपभोक्ता मामिला तथा कला मन्त्री एलिस आचरले बहुसांस्कृतिक समुदायका लागि सरकारले थुपै अनुदान दिने गरेपनि ती समुदायका संघसंस्थाहरु एकजुट हुन नसक्दा अनुदान लिने कार्य नै प्रभावित हुने गरेको बताउनुभएको हो ।

तास्मानिया सरकारको महान्यायधिवक्ता समेत रहनु भएकी मन्त्री आचरलाई नेपाली सोसाइटी अफ तास्मानियाका पदाधिकारीले बिहिबार भेट गरेका हुन् । भेटका क्रममा मन्त्री आचरले नेपाली पाठशाला, साना व्यवसाय तथा नव आप्रवासीका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको सोसाइटीका अध्यक्ष खगेन्द्र सत्यालले जानकारी दिनुभयो । त्यस्तै भेटका क्रममा मन्त्री आचारले नेपाली समुदायलाई कोरोना खोप बारे जनचेतना जगाउन समेत आग्रह गर्नुभएको थियो । सोसाइटीले होबार्टमा अक्टोबर ९ र १० तारिखमा दशै फुटवल कपको आयोजना गर्दैछ । त्यहि कपका लागि अतिथीका रुपमा निम्तो दिन सोसाइटीका पदाधिकारीहरु मन्त्री आचरलाई भेट्न पुगेका हुन् । निम्तो दिन अध्यक्ष सत्यालसंग उपाध्यक्ष मेघना रावत, सचिव बसन्त घिमिरे र सदस्यहरु विष्णु सापकोटा र गायत्री पाण्डे पनि पुग्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6