Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका नेपाली नर्सहरु नक्कली डाक्टरको निशानामा, प्रेमी बन्दै ठगी !

अष्ट्रेलियाका नेपाली नर्सहरु नक्कली डाक्टरको निशानामा, प्रेमी बन्दै ठगी !


सरल गुरुङ/ब्रिजवेन
माया नेपाली (नाम परिवर्तन) तास्मानियाकी नेपाली नर्स हुन् । केही महिना अघि नेपालीको इन्ष्ट्राग्राममा निकै आकषर्क जिउडाल भएको एक विदेशी पुरुषले सम्पर्क बढाए । अमेरिकामा बस्ने र आफु सर्जन डाक्टर भएको दाबी गर्ने ती छद्मभेषी युवकले नेपाली युवतीसंग महिनौदिन सम्म कुराकानी गरिह्यो । कोरोना लकडाउन खुलेपछि आफु अष्ट्रेलिया आउने र बिहे गरेर उतै अमेरिका लैजाने खोक्रो बाचा पनि गरिरह्यो । अनुहार कहिल्यै नदेखाउने उक्त नक्कली डाक्टरले अडियो कलमा भने घण्टौं कुरा गर्थे ।

युवतीले भिडियो च्याट गरौं भन्दा कहिले अप्रेसन थियटर त कहिले बिरामी जाचिरहेको भन्दै बहाना बनाउथे । कुराकानीकै क्रममा आफु बिरामी परेको भन्दै ती युवकले पैसा माग्ने गरेका थिए । ती ठगको कुरा पत्याएर ती नेपाली युवतीले बेला बेला पैसा पठाउने र गिफ्टहरु पनि पठाउने गरेकी थिईन् । लामै कुराकानी भएपछि ती युवतीले आफ्नो साथीसंग ती युवकको बारेमा कुरा गरेपछि भने उनी ठग भएको पोल खुलेको हो । नेपालट्युबको सम्पर्कमा आएकी ती युवतीको साथीले दिएको जानकारी अनुसार, दुइ जना मिलेर भिडियो च्याटका लागि दवाव दिएपछि ती युवकले ल्यापटपमा अर्कै युवकको भिडियो लगाएर आफु भन्दै फोनबाट भिडियो च्याट गरेपछि भने ती युवक ठग भएको फर्दाफास भएको हो । त्यसपछि ती युवकले दुबै युवतीलाई तथानाम गाली गरेर फोन काटेका थिए ।

यो त एउटा प्रतिनिधी घटना मात्रै हो । अष्ट्रेलियामा यस्ता नक्कली प्रेमी भनेर ठगी गर्नेहरुको ठुलै गिरोह सक्रिय छ । सामाजिक संजालबाट सम्पर्क बढाई नक्कली प्रेमी बनेर ठगी गर्ने घटनाहरु दिनदिनै बढिरहेको छ । यस्ता ठगीहरुलाई निगरानी गर्ने अष्ट्रेलियाको स्क्यामवाच भन्ने सरकारी निकायको तथ्यांक अनुसार नक्कली प्रेमी बनेर गरिने ठगी दोस्रो स्थानमा छ । गत वर्षमात्र डेटिङ एण्डा रोमान्स भनिने यस्तो ठगीबाट २८.६ मिलियन डलर अष्ट्रेलियामा ठगी भएको छ ।

अष्ट्रेलियामा ठगीको विवरण । स्रोत -स्क्याम वाच 2021

हामीलाई प्राप्त उक्त ठगको इस्ष्ट्राग्राम विवरण अनुसार उनले अष्ट्रेलियामा काम गर्ने नेपाली नर्सहरुलाई निशाना बनाएको देखिन्छ । इन्ष्ट्राग्राममा नाम र विवरण परिवर्तन गरिरहेने र सोझासाझा नेपाली युवतीलाई नक्कली मायाजालमा पारेर फाइदा लुट्ने उक्त ठगको गतिविधी देखिन्छ । पोल खुलेपछि डाक्टर विलियमको नाममा रहेको इन्ष्ट्रा ह्याण्डल बन्द गरेर ती ठगले अहिले डाक्टर रोनाण्ड भन्ने खोलेको छ । उनको इन्ष्ट्रामा थुप्रै नेपाली युवतीहरु जोडिसकेका छन् । फेरी ती ठगले कुनै अर्को युवतीलाई पिडित बनाउने संभावना बढेपछि माया नेपालीकी साथी हाम्रो सम्पर्कमा आउनु भएको हो । ‘मेरो साथी त पिडित भयो भयो’- ती युवतीले भन्नुभयो -‘अन्य नेपाली साथीहरु पीडित नबनोस् भनेर म मिडियाको सम्पर्कमा आएको हु ।’ यदि कसैले सामाजिक संजालमा विभिन्न कथा भनेर प्रेमको जालो फालिरहेको छ भने विश्वास नगर्न पनि ती युवतीले सबैमा आग्रह गर्नुभएको छ ।

तपाईलाई पनि यस्तै शंकास्पद व्यक्तिले सामाजिक संजालमा प्रेम प्रस्ताव राखिरहेको छ भने कृपया आफ्नो व्यक्तिगत विवरण नदिनुहोला । यस्ता ठगले बिरामी भएको, आमाबुवालाई समस्या परेको, निकै ठुलो रोग लागेको, आफु विदेशी भूमिमा अलपत्र परेको जस्ता बाहाना बनाएर पैसा धुत्ने गर्छ । व्यक्तिगत रुपमा नचिनेका त्यस्ता व्यक्तिले अनलाईनमा भेटेकै भरमा पैसा माग्छ भने ती व्यक्ति धेरै हदसम्म ठग हुनसक्छ । यदि तपाईलाई पनि यस्तै शंकास्पद ठगले दुख दिइरहेको छ भने स्क्यामवाचको यो लिंकमा गएर उजुरी गर्न सक्नुहुन्छ । त्यस्तै नजिकैको प्रहरी कार्यलयमा गएर समेत उजुरी गर्नसकिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6