Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसगरमाथाले जित्याे सिड्नीमा फुटवल कप

सगरमाथाले जित्याे सिड्नीमा फुटवल कप


सिड्नीकाे एक दिवसिय फुटवल प्रतियोगिताको उपाधि सगरमाथा फुटबल क्लबले चुमेकाे  छ। 

तामाङ रिक्रेयसन क्लबले आयोजना गरेकाे खेलकाे फाइनलमा  ग्रानभिल एफसीलाई २-१ले हराउँदै सगरमाथाले उपाधि जितेकाे हाे । विजेता टिमले सहित चार हजार डलर तथा ट्रफी हात पारेको हो।

अस्ट्रेलियामा रहेका नेपाली मुलका २४ क्लबले सहभागिता जनाएको एक दिने प्रतियोगितामा दोस्रो स्थान हात पारेको स्थानीय ग्रानभिल क्लबले भने ट्रफीसहित एक हजार डलर प्राप्त गरेको छ।

प्रतियोगिताभरको उत्कृष्ट खेलाडीको उपाधि सगरमाथाकै बिमल बस्नेत भए। उनले तीन सय डलरसहित ट्रफी हात पारे।

खेल अवधिभर सर्वाधिक गोलकर्ताको उपाधि भने बेनी एफसीका सन्जिव कार्कीले प्राप्त गरे। उनले खेल अवधिभर चार गोल गरेका थिए।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि ग्रानिभिलका गोलरक्षक जितेन श्रेष्ठले जिते।

गोलरक्षक र सर्वाीधक गोलकर्तालाई ब्यक्तिगत एक सय डलर र ट्रफी प्रदान गरिएको तामाङ रिक्रेएसन क्लबका सचिब बैकुण्ठ डंगोलले जानकारी दिए।

प्रतियोगिताका विजेता खेलाडीलाई प्रायोजक एक्सपर्ट एजुकेशनका प्रमुख कार्यकारी सन्जिव शर्मा, पूर्व राष्ट्रिय क्रिकेटर सुवास प्रधान, समाजिक अभियन्ता चित्र तुम्बाहम्फे, अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष विजेन बटाजु लगायतले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए।

अष्ट्रेलियामा नेपाली समाज बढेसंगै फुटवल प्रतियाेगता पनि बढ्न थालेकाे छ । काम, पढाई र घरगृहस्थीकाे तनावबाट मुक्त भई उर्जाशिल जिवन जिउन अष्ट्रेलियामा फुटवल खेल सहयाेगी बनेकाे छ । यहाँकाे नेपाली समुदायमा वर्षेनी कम्तिमा ३ वटा फुटवल लिगकाे आयाेजना हुदै आएकाे छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6