Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा वृद्ध कुटपिट गर्ने प्रकाश जेल गए ।

अष्ट्रेलियामा वृद्ध कुटपिट गर्ने प्रकाश जेल गए ।


सिड्नी 

सिड्नीकाे एक एज केयर(वृद्धाश्रम) मा वृद्धलाई कुटपिट गरेपछि एक नेपालीलाई ८ महिना जेल सजाय ताेकिएकाे छ । 

एसविएस संचारमाध्यमका अनुसार म्यान्ली अदालतले ३५ वर्षिय प्रकाश पाैडेललाई दाेषी मान्दै जेल सजाय सुनाएकाे हाे ।  उनले गत साल रेजिडेण्ट ८३ वर्षिय वृद्धमाथी जुत्ताले कुटपिट गरेकाे भिडियाे सार्वजनिक भएकाे थियाे ।  केही समयअघि देखि नै आफुमाथी कुटपिट भईरहेकाे भन्दै वृद्धले आफन्तलाई खबर गरेपछि उनकी छाेरीले गाेप्य क्यामेराबाट दृश्य कैद गरेकी थिईन। 

वृद्ध डिमेन्सिया राेगी भएकाले पनि याे घटनालाई अष्ट्रेलियनहरुले निकै गम्भिर रुपमा लिएका थिए । 

प्रकाश पक्षका वकिलले उनी पारिवारिक, आर्थिक र मानसिक तनावमा भएकाे र वृद्धमाथी हातपात गर्ने याेजना नभई त्यहि तनावकाे उपज मात्र भएका भन्दै अदालतमा बचाउ गरेका थिए । 

अभियुक्त पाैडेल गैर आवासिय नेपाली संघमार्फत समाज सेवामा समेत सक्रिय छन् ।

अष्ट्रेलियाकाे एजकेयरमा एसिस्टेन्ट ईन नर्सिङ अर्थात केयररकाे रुपमा थुप्रै नेपालीले काम गर्छन् । विश्वासिलाे र मेहनति भएकाले अष्ट्रेलियाकाे एजकेयरमा नेपालीकाे बाहुल्यता बढिरहेकाे छ । तर छिटफुट हुने यस्ता घटनाले नेपालीमाथीकाे विश्वासनै गुम्न सक्छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6