Wednesday, 14 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ आज दशैको टिका । अष्ट्रेलियाका शहरमा टिका लगाउने साईत यस्ता छन्

आज दशैको टिका । अष्ट्रेलियाका शहरमा टिका लगाउने साईत यस्ता छन्


ब्रिजवेन/ आज विजया दशमीको टिकाको दिन हो । हिन्दु धर्म अनुसार दशैको टिका साइत हेरेर लगाइने चलन छ ।अष्ट्रेलियामा पनि नेपाली हिन्दु समाज, अष्ट्रेलियाले टिका लगाउने शुभसाइत सार्वजनिक गरेको छ । स्थानिय क्षेत्रको सुर्योदयकोसमयलाई मापन गरि, शुभसाइत निकालिएको समाजले जनाएको छ ।

राहुकाल, गुलिककाल, रोग र मृत्यु बेला नपरेको समय छनोट गरि अमृत र अभिजित समय पहिचान गरि शुभसाइत निकालिने सिड्नीकाज्योतिष जयराम अधिकारीले जानकारी दिनुभयो । हिन्दु समाजले निकालेको शुभसाइतको समय पहिचान गर्न पनि अधिकारीकोसंलग्नता छ । समाजले निकालेको विवरण अनुसार अष्ट्रेलियाको विभिन्न शहरमा विजया दशमीको टिका लगाउने शुभसाइत यस प्रकारछन् ।

ज्योतिष अधिकारीका अनुसार साइतमै टिका लगाउन नसकेपनि विजय दशमीको दिन भरी नै टिका लगाउन उत्तम हुन्छ । त्यस्तै टिकालगाउन आफन्त नभएकाले आफुभन्दा उमेरले ठुलो जो कोही व्यक्तिबाट टिका लगाएर आर्शिवाद लिन सकिने समेत अधिकारीलेबताउनुभयो । शास्त्रका अनुसार ठुलोबडा नभएपनि ९ वर्षभन्दा मुनीका कन्याको हातबाट समेत टिका थाप्दा उत्तम हुने ज्योतिषअधिकारीको भनाई छ । टिका लगाउनका लागि जमरा छैन भने पनि रोतो रंगको कुनै पनि फुललाई देवीको प्रतिकका रुपमा ग्रहण गर्नसकिने उहाँको भनाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-14' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6