Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा काउन्सिलर पदका लागि नेपाली दम्पत्ति एकैपटक चुनाव लड्दै ।

सिड्नीमा काउन्सिलर पदका लागि नेपाली दम्पत्ति एकैपटक चुनाव लड्दै ।


सरल गुरुङ/अष्ट्रेलियामा नेपालीहरुको जनसंख्या र प्रभाव बढ्न थालेसंगै राजनीतिमा सहभागिता समेत बढ्न थालेको छ । स्थानिय निकायदेखि संघिय तहसम्मकै चुनावमा नेपालीले पनि उमेद्वारी दिने क्रम सुरु भएको छ । यसैबिच डिसेम्बर ४ तारिखमा हुने न्यु साउथ वेल्स राज्यको स्थानिय निकायको निर्वाचनमा यसपाली नेपाली दम्पत्तिले नै उमेद्वारी दिनुभएको छ । राज्यको क्याम्पेलटाउन सिटी काउन्सिलको काउन्सिलर पदका लागि बिनोद पौडेल र जिम्पसोना पौडेलले उमेद्वारी दिनुभएको हो । एक सन्तानका आमाबुवा यी दम्पत्तिको उमेद्वारीलाई राज्यको सत्तारुढ दल लिवरल पार्टीले समेत अनुमोदन गरिसकेको छ ।

आफ्नो १० औ बैवाहिक वर्षगाठको अवसर पारेर बिनोद र जिम्पसोनाले आफ्नो उमेद्वारी सार्वजनिक गर्नुभएको हो । ‘एक दम्पत्तिको रुपमा हामी, विभिन्न चरणमा समुदायका कल्याणका लागि उभिएका छौै’- पौडेल दम्पत्तिको पत्रमा भनिएको छ- ‘यस देशको गौरवशाली नागरिकको हैसियतले हामीले विभिन्न सामाजिक कार्य मार्फत समुदायमा बहुसांस्कृतिक पक्षलाई बढवा दिन भूमिका खेल्दै आएका छौ ।’  यस चुनावी मैदानमा समुदायको साथ र सहयोग पाउनेमा समेत आफुहरु ढुक्क रहेको पत्रमा भनिएको छ ।

सन् २००७ मा अध्ययनका लागि अष्ट्रेलिया आउनु भएका यी दम्पत्तिले सन् २०१२ देखि नै लिवरल पार्टीको सदस्यता लिनुभएको थियो । बिनोदले त सन् २०१३ देखि १५ सम्म राज्य सरकारको मन्त्रीस्तरिय सल्लाहकार समितिको संयोजक समेत रहेर काम गरिसक्नु भएको छ । बिनोदको स्थाई घर चितवन हो भने जिम्पसोनाको भने धरान हो । बिनोद हाल मोटिभेसन कोचका रुपमा कार्यरत हुनुहुन्छ भने जिम्पसोना नारी निकुञ्ज अष्ट्रेलियाको कोषाध्यक्ष हुनुहुन्छ ।

क्याम्पेलटाउन सिटी काउन्सिलमा १५ जना काउन्सिलरका लागि निर्वाचन हुदैछ । यसअघि स्वतन्त्र उमेद्वारहरु हुने भएपछि पहिलो पटक राजनीतिक दलले नै उमेद्वारहरु तोक्न थालेको पौडेल दम्पत्तिले जानकारी दिनुभयो । यी दम्पत्ति सन् २०१७ देखि यस काउन्सिलमा स्थाई रुपमा बस्दै आउनु भएको छ । बहुसांस्कृतिक समुदायलाई मुलधारको राजनीतिमा सहभागी गराउन तथा लामो समयदेखि पार्टीमा योगदान गर्दै आएकाले यसपाली लिभलर पार्टीले आफुहरुलाई अनुमोदन गरेको पौडेल दम्पत्तिको भनाई छ ।

पार्टीबाट आधिकारिक रुपमै अनुमोदन भएर उमेद्वारी दिन पाउदा खुसी र गर्व लागेको जिम्पसोनाले बताउनुभयो । यस चुनावमा विजयी भएर समुदायको सेवा गर्न आफु आतुर रहेको समेत उहाँले बताउनुभयो ।
त्यस्तै बिनोदले दोस्रो पुस्तालाई उदाहरण दिन समेत आफुहरुको उमेद्वारी महत्वपुर्ण रहेको बताउनुभयो । ‘हामीले दुखसुख अष्ट्रेलियाको राजनीतिमा केही भएपनि स्थान बनाउन सकेका छौ’- बिनोदले भन्नुभयो- ‘अहिले हामीले राम्रो गरेर उदाहरण दिन सकेमा हाम्रो दोस्रो पुस्ताले झन धेरै गर्न सक्नेछन् ।’
सत्तारुढ दलले नै अनुमोदन गरेको तथा क्याम्पेलटाउन क्षेत्रमा नेपाली लगायत बहुसांस्कृति समुदायका बाक्लो बसोबास रहेकाले आफुहरुले जित्ने ठुलो संभावना रहेको यी दम्पत्तिले बताउनुभयो । यसअघिको संघिय निर्वाचनमा सिड्नीबाट दोस्रो पुस्ताका युवक पिजे श्रेष्ठलाई लिवरल पार्टीले उमेद्वार बनाएको थियो । photo- Suren Photography



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6