Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआजबाट अष्ट्रेलियाबाट विदेश जान भ्याक्सिन पासपोर्ट लागु । लिने प्रकृया यस्तो छ

आजबाट अष्ट्रेलियाबाट विदेश जान भ्याक्सिन पासपोर्ट लागु । लिने प्रकृया यस्तो छ


ब्रिजवेन/अब अष्ट्रेलियाबाट विदेश जानका लागि भ्याक्सिन पासपोर्ट चाहिने भएको छ । सरकारले नोभेम्बरदेखि दुबै खोप लगाएका नागरिक र पिआरवालाले विदेश यात्रा गर्न पाउने घोषणा गरेको छ । खोप लगाइसकेकाहरु विदेश जानका लागि अनिवार्य भ्याक्सिन पासपोर्ट बोक्नुपर्नेछ । विशेष क्यु आर कोड सहितको यस खोप प्रमाणपत्र तपाईको पासपोर्टको विवरणसंग जोडिने छ । अन्तराष्ट्रिय रुपमै स्क्यान गर्न सकिने यस्तो प्रमाणपत्र र पासपोर्ट जोडिएपछि विश्वभरी जहा गएपनि यसलाई प्रमाणित गर्न सकिनेछ ।

यस्तो प्रमाणपत्रमा पासपोर्ट बहाकको नाम, जन्म मिति, पासपोर्ट नम्बर र खोप लगाएको मिति समावेश हुन्छ । प्रमाणपत्रमा ठुलो क्यु आर कोड समेत राखिएको छ । जुन कोडलाई संसारभरीका अधिकांश देशको सिमा सुरक्षाकर्मीले स्क्यान गरेर विवरण प्रमाणित गर्न सक्दछ ।  कोरोनाका कारण विगत १९ महिनादेखि बन्द अष्ट्रेलियाको अन्तराष्ट्रिय सिमाना खुल्ला गर्न यस्ता भ्याक्सिन पासपोर्ट निकै उपयोगी मानिने बताइएको छ ।

यसरी लिनुहोस् भ्याक्सिन पासपोर्ट

१. सबैभन्दा पहिला तपाईले अष्ट्रेलियाको माइगभ एकाउन्टमा लगइन गर्नुहोस्

२. माइगभमा लगइन भएपछि मेडिकेयरलाई लिंक गर्नुहोस्

३. मेडिकेयर लिंक भएपछि त्यसमा क्लिक गर्नुहोस्

४. त्यसपछि त्यहा रहेको प्रुफ अफ भ्याक्सिनेसनमा क्लिक गर्नुहोस्

५.त्यहा रहेको इन्टरनेशनल कोभिड १९ भ्याक्सिनेसन सर्टिफिकेटमा रहेको रिक्वेस्ट अ सर्टिफिकेटमा थिच्नुहोस्

६. अब तपाईको पासपोर्टको विवरण हाल्न सक्नुहुने छ । अष्ट्रेलियन वा विदेशी पासपोर्ट छनोट गरेपछि त्यसको विवरण भर्नुहोस्

७. सबै विवरण भरेर सबमिट गरेपछि तपाईको भ्याक्सिन पासपोर्ट प्राप्त हुनेछ । यसलाई प्रिन्ट गरेर वा मोवाइल सेभ गरेर बोक्न सक्नुहुन्छ ।


ट्याग : #Australia, #Australia border, #vaccine passport
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6