Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना भुलाउदै बनभोजमा झुमे नेपाली अभिभावक

कोरोना भुलाउदै बनभोजमा झुमे नेपाली अभिभावक


ब्रिजवेन/कोरोना महामारीले अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्य पनि प्रताडित छ । कोरोनाको लकडाउन सुरु हुनु अघि अर्थात १९ महिना पहिले छोराछोरी भेट्न कुइन्सल्याण्ड आउनु भएका नेपाली अभिभावकहरुको चिनचर्या पनि लकडाउनमै बित्यो ।
नयाँ परिवेश र भाषाका कारण यसै पनि अभिभावकलाई विरानो बन्छ अष्ट्रेलिया । त्यसमाथी लकडाउनले त अभिभावकको अष्ट्रेलिया बसाई झनै उकुसमुकुसमय बनायो । घरभित्रै गुम्सिएका अभिभावकलाई रमाइलो गराउन एनआरएनए कुइन्सल्याण्डले गत शनिवार वनभोज आयोजना गरेको छ ।

ब्रिजवेनको नर्थ पाइन ड्याममा आयोजना गरिएको बनभोजमा ब्रिजवेन र आसपासका ५० जना जति अभिभावकगरि १ सय ५० जना जति सहभागी भएका थिए । कार्यक्रममा मिठामिठा नेपाली खानाको परिकारसहित लोकगित र नाचगानमा अभिभावकहरुले रमाइलो गर्नुभएको थियो । वनभोजमा अभिभावकलाई सकेजति रमाइलो गराउन प्रयास गरिएको तथा सबै अभिभावकले बनभोज जान पाउन निकै खुसी भएको प्रतिक्रिया दिएको एनआरएनए कुइन्सल्याण्डका उपाध्यक्ष शम्भु गाईसीले जानकारी दिनुभयो । वनभोजमा दन्त चिकित्सक पवन विष्टले अभिभावकहरुको दाताको निशुल्क परिक्षण गर्नुभएको थियो । त्यस्तै नर्सहरु राजेश्वरी रेग्मी र सुरेश रेग्मीले अभिभावकहरुको सुगर र प्रेसरको जाच गर्नुभएको थियो । कुइन्सल्याण्ड एनआरएनएले हरेक वर्ष अभिभावकका लागि वनभोजको आयोजना गर्दै आएको छ ।

वनभोजमा खिचिएका तस्बिरहरु यस्ता छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6