Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा नयाँ हाे ?

अष्ट्रेलियामा नयाँ हाे ?


डा. किरण थापा/सिड्नी

आज बिद्यार्थीका कुरा ! नेपालबाट २ हप्ता जस्तो अघि विद्यार्थी भिजामा डिप्लोमा पढ्नेगरी एकजना नानी (बुढीको साथीकी छोरी!) आएकी रहिछिन| अघि दिउँसो खाना खाने क्रममा घरमा भेट भयो| काम नपाएर अत्तालिन थालिसकेको, अनि नेपालबाट ल्याएको पैसा सकिन लागेको चिन्ता र नेपाली रुपैयालाई डलरमा साटेर खर्च गर्नुपर्दाको पीडाले पिरोलिरहेकाे रहिछिन| मैले गालीको शैलीमा सम्झाएँ:

१. नेपाल बाट कुनै सिप (भर्खर १२ पास गरेर आएका) नलिइकन आएकालाइ, आउने बितिकै जागीर मिल्नुपर्छ भनेर किन अपेक्षा गर्ने? कसले के भन्यो छोडीदेउ, यथार्थपरक हुन सिक ।

२. भर्खर आएको हो, भिसा अझै २०२१ सम्म रहेछ| केहि हप्ता, अनि केहि महिना त यहाँको सिस्टम बुझ्न, ठाउँ चिन्न अनि रहन-सहन सिक्न नै समय लाग्छ| जतिसक्दो प्रयास गर| 

३. यसरी पढ्न आउने बिद्यार्थीको पहिलो प्राथमिकता भनेकै पढाइ हो| आफुले मनले खाएको बिषयमा पढ्ने, पछि गएर सके राम्रा बिश्वबिद्यालयबाट नै पढाइ पुरा गर्ने| पैसा कमाएर नेपाल पठाउने, पी आर खोजीहाल्ने अहिले तत्कालको आवश्यकता हुँदै हैन|

४. बरु यसरी पढुन्जेल खान बस्न र सकिन्छ भने ट्यूसन फी मा पनि केहि सहयोग हुनेगरी काम गर्ने हो| पढाइलाइ असर नहुने गरी मिल्यो भने बरु बिदामा अलि बेसी काम गर्न खोज्ने हो|  

५. पाैडी खेल्न जान्या छ वा छैन मतलब छैन, यदि रातो र पहेंलो झण्डा गाडिएको छैन भने त्यहाँ पाैडी मात्र हाेईन पानीकै छेउमा पनि जानुहुन्न| त्यस्ता ठाउँमा आपत पर्दा बचाउने लाइफ सेभर हुन्छन, अन्त सबै भनेको तिम्रो आफ्नो ज्यान जोखिममा हालेर हाम्फाल्ने हो| 

६. ट्याक्स अफिस, इमिग्रेसन, पुलिस लगायत बिभिन्न नाम दिएर फोन गरी पैसा ठग्ने ठगहरु थुप्रै छन् यहाँ| यस्तो बेलामा फोन राखेर, एक पटक हामीलाई (वा अरु कुनै पुराना मानिसलाइ) सोध्ने अनि बताउने| कुनै पनि निकायले फोन गरेर पैसा तिर वा ट्रान्सफर गर भनेर निर्देशन दिंदैन अस्ट्रेलियामा|

७. जुवा र लागु पदार्थका कुलतमा फसेका नेपाली पनि भेटिन्छन्| आएको यति बर्ष भो, उति बर्ष भो, काम लगाईदिउँला, बरु अहिलेलाइ रमाइलो गर्न जाउँ भनेर तिम्ले अहिले ल्याएको पैसा पनि उडाइदिन्छन| भर्खर नेपाल बाट आएका तिमीजस्तालाइ टार्गेट गर्ने थुप्रै समुह पनि छन्| एकचोटी त्यस्तो दलदलमा रमाइलोको लागि भनेर फसिसकेपछी, निस्कन गाह्रो हुन्छ| तिमीमा लत लाग्न सक्छ|

८. काम नपाएर, खान नपाएर वा पढ्न नसकेर दुख पाएका, ज्यान गुमाएका वा नेपाल फर्केका एकदम थोरै मात्र नेपाली होलान| एक दुइ अपवादलाइ छोड्ने हो भने अकालमा तिमीहरुजस्तो हट्टा कट्टा युवा अवस्थामा नै ज्यान गुमाउने भनेका पानीमा डुबेर, लागु पदार्थको लतमा फसेका, जुवाको लत लागेका, ठगीको शिकार भइ आर्थिक बिपत्ति झेलेकाहरु मात्र हुन्|

अझ घुम, २-३ हप्ता अझ बढी बुझ| रमाइलो गर, यस्तो सुन्दर ठाउँ छ, डुल| कहीं न कहीं, काम त पाई नै हालिन्छ| आत्तिएर हुँदैन, बाउ आमालाइ पनि नेपालमा बरु यसरी नै सम्झाइदेउ| नसके, यहि पोस्ट कपी गरेर इनबक्समा हालिदेउ !

लेखक डाक्टर किरण थापा अष्ट्रेलियाका लगानी विज्ञ हुन् । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6