Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ डिसेम्बर ६ देखि विदेशी विद्यार्थी सिड्नी आउन सुरु, नेपाली दोस्रो उडानमा

डिसेम्बर ६ देखि विदेशी विद्यार्थी सिड्नी आउन सुरु, नेपाली दोस्रो उडानमा


सिड्नी/ अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले आगामी डिसेम्बर ६ तारिखदेखि विदेशी विद्यार्थी भित्र्याउने भएको छ । पाईलट योजनाअन्तरगत राज्यले डिसेम्बरमा २५० जना विद्यार्थी ल्याउन लागेको हो । पहिलो उडानमा ईन्डोनेसिया, सिंगापुर, भियतनाम, कोरिया रचीनका विद्यार्थी छन् । दोस्रो उडानमा दक्षिण एसियाली देशहरु नेपाल, भारत लगायतका विद्यार्थी ल्याउन सुरु गरिने छ ।

ती विद्यार्थीहरु सबै न्य साउथ वेल्सराज्यको शैक्षिक संस्थामा पढ्ने हुन् । विद्यार्थीहरु चार्टड उडानमा आउन लागेका हुन् । आउने विद्यार्थीले थेराप्युटिक गुडस् एडमिनिष्ट्रेसन टिजिएले मान्यता दिएको कोरोना खोपको दुबै मात्रा लगाएको हुनुपर्ने छ । जसमाभारत र चीनमा बनेका खोपहरुले पनि यात्राका लागि मान्यता पाईसकेको छ ।

न्यु साउथ वेल्स राज्यका प्रिमियर डोमेनिक पेरोटेटले अन्तराष्ट्रिय विद्यार्थीले राज्य र संसारलाई जोड्न महत्वपुर्ण भुमिका खेलेकोबताउनुभयो ।

कोरोनाभन्दा अघि न्यु साउथ वेल्स राज्यमा मात्र २ लाख ९० हजार विदेशी विद्यार्थी अध्ययन गर्थे ।


ट्याग : #Australia border, #international students
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6