Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रदर्शनबीच मोदीको घोषणा- प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने

प्रदर्शनबीच मोदीको घोषणा- प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने


भारतको राजधानी नयाँ दिल्लीमा विद्यार्थीहरूको तीव्र प्रदर्शनबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटका मुद्दाको सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गर्ने घोषणा गरेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जाल एक्समा सरकारको धारणा सार्वजनिक गर्दै मोदीले उक्त कुरा बताएका हुन्।

प्रश्नपत्र चुहावटमा संलग्नलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने निर्णय गरिएको उनको भनाइ छ।

‘यस सम्बन्धमा आवश्यक सबै कदम चाल्न मैले सम्बन्धित निकाय र अधिकारीहरूलाई निर्देशन दिएको छु,’ उनले लेखेका छन्।

मोदीका अनुसार प्रश्नपत्र चुहावटमा संलग्नलाई न्यायको कठघरामा उभ्याउन सरकारले चालेका विभिन्न कदममध्ये फास्ट-ट्र्याक अदालत गठन पनि एक हो।

‘हाम्रा युवाहरूको कल्याण र भविष्यभन्दा महत्त्वपूर्ण अरू केही छैन। विद्यार्थीहरूको भविष्यमाथि आघात पुर्‍याउने प्रयास गर्ने कसैलाई पनि छोडिने छैन,’ उनले लेखेका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6