Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalए डिभिजनमा बढुवासँगै सातदोबाटो युथ क्लब सहिद स्मारक बि डिभिजन लिगको विजेता

ए डिभिजनमा बढुवासँगै सातदोबाटो युथ क्लब सहिद स्मारक बि डिभिजन लिगको विजेता


काठमाडौं । दुई खेल अगावै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लबले सहिद स्मारक बि डिभिजन लिगको उपाधि उचालेको छ।
लिगको अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) लाई १–० ले हराउँदै सातदोबाटो युथ क्लबले उपाधि हात पारेको हो ।

११ वर्ष बी डिभिजनबाट ए डिभिजनमा उक्लिन संघर्ष गरेको सातदोबाटोले सम्पन्न ११ खेलबाट ९ खेलमा जित निकाल्दा १ मा बराबरी र १ खेलमा हार व्यहोरेको छ । बी डिभिजन लिगको च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले बिहीबार आफ्नो अन्तिम खेल समेत जित्दा समर्थकले हौसाला प्रदान गरेका थिए।

२०५४ सालमा स्थापना भएको सातदोबाटोले ५७ सालमा सि डिभिजनको यात्रा तय गरेको थियो। करिब ९ वर्ष पछि सि डिभिजनबाट बी डिभिजनमा उक्लिन सफल सातदोबाटोले ११ वर्ष पछि बी डिभिजनका खेलको अनुभव सगाल्ने मौका पायो । २०६६ बाट बी डिभिजन खेलेर ए डिभिजनमा बढुवा हुने अभिलाशा बोकेको सातदोबाटो २०७७ मा शीर्ष डिभिजनमा बढुवा भएको छ । क्लबका प्रशिक्षक सनोज श्रेष्ठले लामो संघर्ष र टिमको कठोर मिहिनेले बढुवा सम्भव भएको बताउँनुभयो ।

बिहीबारको अन्तिम खेलमा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले ६७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भएको खेलमा आङथुपुले गरेको गोलले सातदोबाटोको बी डिभिजन यात्रा सुखद बनेको हो । ए डिभिजनमा पुग्दा टोलीले निकै मिहिनेत गरेको सातदोबाटोका कप्तान बसन्त तामाङले बताए। यस्तै टोलीका अध्यक्ष तथा क्लबका संस्थापक सदस्य कपिल राना मगरले टोली शीर्ष डिभिजनमा फर्किए सँगै चुनौति थपिएको प्रतिक्रिया दिए । ए डिभिजन लिग प्रतिस्पर्धात्मक हुने भएकाले टोलीले बी डिभिजनमा गरेको मिहिनेतलाई निरन्तरता दिने बताए।

कोरोना महामारीका कारण एक वर्ष अगाडि प्रतियोगिता सञ्चालन गरे पनि सबै खेल हुन सकेको थिएन । महामारीका कारण स्थगित खेल यसै महिनाबाट सुरु भएक थिए । प्रतियोगितामा खुमलटार युथ क्लब दोस्रो बन्दा बाँसबारी युथ क्लब बी डिभिजन लिगको तेस्रो टोली बनेको छ । शीर्ष डिभिजनमा बढुवा भएको सातादोबाटो युथ क्लबले च्याम्पियन ट्रफीसँगै नगद १५ लाख रुपैयाँ पाएको छ । दोस्रो भएको खुमलटारले १०, तेस्रो भएको बाँसबारीले ८ तथा चौथो भएको ब्वाइज युनियनले ५ लाख रुपैयाँ पाएका छन् । १२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजन लिगमा घटुवा भएको छ ।

प्रतियोगितामा खुमलटार युथ क्लबका सबिन केसी सहिद स्मारक बी डिभिजन लिग फुटबलको उत्कृष्ट फरवार्ड चुनिँदा सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर बने । यस्तै बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर बन्दा खुमलटारका अन्जल श्रेष्ठले उत्कृष्ट गोलकिपरको उपाधि पाए । सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट हुने सबैले जनही २५ हजार नगद प्राप्त गरेका छन् । प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले हात पारेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6