Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनका र एनआरएनए साउथ अस्ट्रेलियाको सहकार्यमा कर्पोरेट कप हुँदै

एनका र एनआरएनए साउथ अस्ट्रेलियाको सहकार्यमा कर्पोरेट कप हुँदै


ब्रिजबेन, अष्ट्रेलिया । एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन (एनका) र एनआरएनए साउथ अस्ट्रेलियाको सहकार्यमा कर्पोरेट कप आयोजना हुने भएको छ । एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक नबिन पन्तले यहि मार्च २८ तारिक आईतबारका दिन एडीलेडको भिक्टोरिया पार्क ओभलमा बिहान ८ बजे देखी हुने सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्टमा साउथ अस्ट्रेलियामा रहेका नेपाली कर्पोरेट हाउसहरुको सहभागिता रहने जानकारी दिनुभएको हो ।

करिब १२ टिम सहभागी हुने अपेक्षा राखिएको उक्त क्रिकेट टुरनामेन्टका हरेक खेलहरु ६ ओभरका हुनेछन भने टिममा करिब ६ देखि ८ खेलाडीहरु रहनेछन। कार्यक्रममा महिलाहरुको टीम एनका सनसाइन र एनआरएनए नारी निकुञ्ज साथै एनका जेम्सको बिच मैत्रीपूर्ण खेल समेत हुने एनका अध्यक्ष विजय जोशीले जानकारी दिनुभयो । कार्यक्रमको बारेमा थप्दै जोशीले भन्नुभयो– “एनकाले सन २०१५ देखी नै सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट आयोजना गर्दै आएको हो तर यस वर्ष हामीले एनआरएनए साउथ अस्ट्रेलियासँग सहकार्य गर्दै यस टुरनामेन्टलाई भव्य रुपमा अगाडी बढाउदै छौ।” भविष्यमा कर्पोरेट कपलाई अझै ठूलो आकार दिदै लैजान सकेमा साउथ अस्ट्रेलिया कै प्रतिष्ठित प्रतियोगिता हुन सक्ने सम्भावना रहेको समेत जोशीको भनाई थियो ।

खेल, संगित सहित अन्य मनोरञ्जनका कार्यक्रमहरु समेत राखिएको बताउदै साउथ अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपालीभाषीहरुलाई कार्यक्रममा सहभागी हुन एनका र एनआरएनए साउथ अस्ट्रेलियाले आह्वान गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6