Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा साथीको गलफ्रेण्डलाई मन पराउदा (पुरानो डायरीबाट)

सिड्नीमा साथीको गलफ्रेण्डलाई मन पराउदा (पुरानो डायरीबाट)


मिलन पाठक/  बिगतका कयौँ यस्ता घटनाहरु हुन्छन जसले जिवनभर पाठ सिकाईरहन्छ । त्यसलाई संझिदा पनि मन मुस्कुराउँछ, आफु फेरी एकैछिन भएपनि बिगतमा पुगेको अनुभुति हुन्छ। कुरा लगभग दश बर्ष अघिको हो, सिड्नीको गल्लीहरुलाई छिचोल्दै म हतार हतार रेल चढ्न स्टेशन जॉदै थिएँ। त्यहि बखर अर्को पट्टीबाट एक जना अति नै सुन्दर युवती पनि म तिरै आउदै थिईन् । चलचित्रकी नायिका जस्तै देखिने लामो कपाल अनि गाजलु आँखा ,कस्ती राम्री । ती सुन्दर युवती पनि म जान लागेको स्टेशन तिरै ऑउदै थिईन् ।

उ जति अघि बड्छ उसको कपाल हावासंगै बयली खेल्दै जिस्किएर नाँचिरहेको हुन्छ। म पनि चलचित्रको नायक झै यो दृश्य हेर्दै मोहित र मुर्छित भइरहेको थिए । मनमनै सोचिरहेको थिए यो केटी पनि मेरै एरिया तिरको भइदिए एउटै रेलमा संगै गइन्थ्यो । रेलमा जादा , टक्क ऑखा जुधाउन पाए भन्ने ईच्छा र आशा मनमा जागिहाल्यो। तर, अहँ ! त्यस्तो केहि भएन। भयो त केबल म माथी भद्दा मजाक  ।

मेरो आशलाई स्वास भर्दै ति फुर्सदले रचिएकी सृष्टीकी रचना मैले चढ्ने रेलकै प्लेटफर्म तिर जान थाली। यो भन्दा ठूलो खुसिको बिषय मलाई के हुन्थ्यो र ? ‘भगवान के घर देर हे अंधेर नहि’ भन्ने हिन्दी फिल्मको भगवानवाला डाईलग मनमा आयो र म पनि संगै जाने होडमा अघि बड्दै थिएँ । तर सिनेमामा जस्तै कथामा नयॉ मोड आयो, बुझ्ने गरि भन्ने हो भने काहानीमा टुईस्ट आयो। ठ्याक्क युनिभर्सिटीमा एउट बिषय संगै पढ्ने साथी टुप्लुप्क्क भेटीयो र उसले मलाई देखेर बोलायो । साथीतिर हेर्ने क्रममा ती युवती मेरा नजरबाट ओझेल हुन पुगिन। म भने कहिले त्यो साथि आईपुग्ला भनि छटपटाइरहेको थिएँ।

१०र१५ सेकण्ड पनि मेरो लागि निकै लामो भयो । साथी म नजिकै आई पुगेर सोध्यो, – ‘काम बाट हो’ ? ‘हो यार घर जान लाको’ – मैले उत्तर दिए । ‘तिमी हर्स्टभिल हैन बस्ने ? मैले भने -‘हो यार  । ‘म पनि दुई स्टेसन यता सरेको छु नि । ‘ए हो र ? ल जाम प्लेटफर्म तिर त्यसो भए । म यसको कुरालाई त्यति ध्यान दिन सकिरहेको थिईन, दिमागमा केबल तिनै युवती घुमिरहेकी थिइन।

हामी अघि बड्दै थियौँ मेरो साथीले केहि भन्दै थियो तर मलाई त्यो केबल कानमा ध्वनी गुन्जिएको जस्तो मात्र भैरहेको थियो । मेरो मनले ऑखाले त्यो भिडमा एक चित्र खोज्दैथियो जुन केहि समय अघि मात्रै ऑखाले कैद गरेको थियो। साथीले केहि बोलिराख्दै थियो बिचैमा मैले उसलाई भने,- ‘एउटा कस्तो राम्री केटी देखेको थिए यार यो भिडमा कता हरायो हरायो।’  साथीले हॉस्दै भन्यो- ‘नेपाली हो ? हो जस्तो लाग्छ । खै त ? उसले प्रतिप्रश्न गर्यो । खै खै म पनि त्यहि खोज्दै छु।

त्यतिकैमा त्यो साथीलाई पछाडी बाट कसैले प्याट्ट ढाप मारेको आवाज आए जस्तो आभाष भयो । साथीले पछाडी हेर्दै सोध्यो- ‘ए ! भरखरै आको ? पछाडीबाट केटीको आवाज आयो – ‘एकछिन भयो ‘। म यो आवज सुनेर यसो फर्कन्छु र तर्सन्छु ।

‘ए उ चै मेरो साथी मिलन है हाम्रो जाभा क्लास संगै छ।’ मेरो साथीले हाम्रो परिचय गराउदै भन्यो -‘अनि उनी चै मेरो गर्लफ्रेण्ड।]  हाई !

तपाईहरुले सेतो सर्टमा निर हालेको याद छरु अनि खैरो सर्टमा ? हो म अलि गहुगोरो भएकोले मेरो अनुहार पनि खैरो सर्टमा निर हालेको जस्तै निलो भयो। एकछिन त सात्तो उड्यो त्यो साथीले चिनाउनु अघि नै मैले त्यो केटीलाई देखेको भए ? मैले साथीलाई हो त्यहि केटी हो जसले मेरो होस उडॉयो भन्थे होला। अनि के हुन्थ्यो होला ? सोच्दा अहिले पनि मन तर्सिन्छ। साथी सोध्दै थियो -‘खै त तिमीले भनेको मान्छे ?’  म- ‘थुईक्क म उल्लु रैछु नि, तिनी त अर्को प्लेटफर्म तिर पो गाकी हो त’ !  सॉच्चै नै मनमनै मैले आफुलाई थुईक्क उल्लु नै भनिराखे र जुन भाव मनमा थिए ति सबै क्षणभर मै हरायो ।


ट्याग : #milan pathak, #Old Story, #Story, #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6