Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपाका सभापति लामिछानले किन पोखे नेपाली मिडियाप्रति आक्रोस ? प्रचण्ड र ओलीको समर्थन

रास्वपाका सभापति लामिछानले किन पोखे नेपाली मिडियाप्रति आक्रोस ? प्रचण्ड र ओलीको समर्थन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको दाबी गर्नुभएको छ । पार्टी बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले अमेरिकाबाट नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको विषयलाई ठूलो अपराधका रुपमा स्थापित गर्न खोजिएको भन्दै यस्तो बताउनुभएको हो ।

नेपालका ठूला सञ्चारगृह आफूबिरुद्ध आक्रामक रुपमा लागेको भन्दै पत्रकारीताभित्रको मनोमानीमाथी समेत धावा बोल्ने चुनौँती लामिछानेको थियो । अमेरिकाबाट नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको स्वीकार गरेका रविले आफ्नो आवश्यकताका लागि पासपोर्ट, ड्राइभिङ लाइसेन्स, प्यान नम्बर सबै लिएको भएपनि दुरुपयोग नगरेको जिकिर गर्नुभएको छ । सरकार छाड्न पार्टीको निर्णयपछि रास्वपाका सभापति रवि लामिछानेले पत्रकारमाझ उभिएर आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको आक्रोस पोख्नुभयो । मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’ रविले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौती दिनुभयो ।

मिडिया मालिकको स्वार्थमा नेता तर्साउने, ब्यापारी तर्साउने र असुली धन्दा चलाउने पत्रकारीति अति भएको भन्दै रविले कतिपय मिडिया मालिक र सम्पादकको नामै लिएर पत्रकार सम्मेलनमार्फत खबरदारी गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीप्रति नरम देखिनुभएका रवीले पत्रकार सम्मेलन मार्फत नेपाली राजनीति र पुराना नेताहरुको गालीगलौँजमा कुनै पनि शब्द खर्चिनुभएन । उपचुनाव जितेर पुनः राजनीतिमा स्थापित हुने जिकिर रविले प्रस्तुत गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले गरे रविको बचाउ
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रक्रियागत त्रुटिलाई देखाएर लामिछानेमाथि अन्याय गरेको बताउनुभएको छ । उजुरी गर्ने व्यक्तिलाई लामिछानेले के अन्याय गरेको भएर उजुरी गरेका हुन् भन्दै ओलीले प्रश्न मात्रै तेर्साउनुभएन विदेशमा रहेका नेपालीहरूको मतदानको अधिकार दिने भनिरहँदा सभापति लामिछानेको विषयले गैरआवासीय नेपालीमाथि मताधिकार दिने वा नदिने भन्नेबारेमा प्रश्न उठेको स्मरण गराउनुभएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6