Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ सिड्नीमा अक्टोबर २६ मा ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो हुँदै

सिड्नीमा अक्टोबर २६ मा ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो हुँदै


अस्ट्रेलियामा अध्ययन गर्न चाहने तथा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गर्दै सिड्नीमा ‘ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ आयोजना हुने भएको छ।

अक्टोबर २६ मा सिड्नी टाउन हलस्थित लोअर टाउन हलमा आयोजना हुने एक्स्पोमा ५० भन्दा बढी शैक्षिक संस्था र १० भन्दा बढी माइग्रेसन विज्ञ सहभागी हुने आयोजकले जनाएको छ।

एक्स्पोमा विद्यार्थीले पाठ्यक्रम छनोट, छात्रवृत्ति, भर्ना प्रक्रिया र विद्यार्थी भिसासम्बन्धी जानकारी लिन सक्नेछन्।

त्यस्तै, अस्ट्रेलियाको बदलिँदो शिक्षा तथा माइग्रेसन नीतिबारे पनि जानकारी उपलब्ध गराइनेछ।

ग्रेस इन्टरनेसनलको स्थापनाको २०औँ वार्षिकोत्सवका अवसरमा ‘२० वर्षदेखि जीवन र शिक्षालाई जोड्दै’ भन्ने नारासहित एक्स्पो आयोजना गर्न लागिएको हो।

सोमबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले एक्स्पोले विद्यार्थीलाई शैक्षिक तथा व्यावसायिक भविष्यबारे सही निर्णय लिन सहयोग गर्ने जनाएको छ।

सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेसनलले अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सहयोग गर्दै आएको छ।

एक्स्पोमा अन्तर्राष्ट्रिय विद्यार्थी, भावी विद्यार्थी, स्नातक तथा बहुसांस्कृतिक समुदायका सदस्य सहभागी हुन सक्नेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6