Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनायिका करिस्माको उजुरीमा कलाकार खनाल पक्राउ

नायिका करिस्माको उजुरीमा कलाकार खनाल पक्राउ


काठमाडौं । कलकार डिल्लिराम खनाल पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको सम्बन्ध जोडेर भ्रमपूर्ण हल्ला फैलाएको आरोप लगाउँदै नायिका करिश्मा मानन्धरले साइबर ब्यूरोमा दिएको निवेदनका आधारमा कलाकार खनाल पक्राउ परेका हुन ।

बानेश्वरबाट पक्राउ परेका खनालमाथी विद्धुतिय ऐन २०६३ अपराध कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान तथा कारबाही अघि बढाइएको छ । खनाल सामाजिक सञ्जाल र युट्युबमा जथाभावी बोलेर बिवादमा आउने गरेका कलाकार समेत हुन । फिल्म ‘ह्यारी कि प्यारी’मा समेत अभिनय गरेका डिल्लीरामले रवि लामिछानेसँग अमेरिकामा ‘लिभिङ टूगेदर’मा बसेको भन्दै आधारहिन बयान दिएपछि नायिका मानन्धर साइबर ब्यूरोको सहयोग लिन पुग्नुभएको थियो ।

नायिका मानन्धरले भन्नुभएको छ- “कलाकार भएपनि सामाजिक व्यक्ति भएका कारण पनि सहनुपर्छ भनेर चुप लागेर बसे तर रविजीसँगको लिभिङ रिलिसनसिप भनेर हल्ला नै फैलाएका डिल्लीरामविरुद्ध चुप लागेर बस्न नसकेपछि मैले प्रहरी गुहार्न बाध्य भए ।”

यस्तो छ ब्युरोको विज्ञप्ती : 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6