Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : प्रधानमन्त्री प्रचण्डको नयाँ गठबन्धनदेखी एयर होस्टेलमाथी दुर्ब्यवहारसम्म

नेपाल अपडेट : प्रधानमन्त्री प्रचण्डको नयाँ गठबन्धनदेखी एयर होस्टेलमाथी दुर्ब्यवहारसम्म


काठमाडौं । फेरिएको नयाँ सत्ता समिकरण, एयर होस्टेललाई जिस्क्याउने चालक दलका सदस्य कारबाहीमा, सार्वजनिक विदामा समेत अत्यावश्यक सेवा, चिकित्सकको नाम यद्यावदी र ऋणीलाई राहतसहितका प्रमुख ५ खबरहरु यस्ता छन् ।

फेरिदै सत्ता गठबन्धन, अब एमाले, राप्रपा र रास्वपा आउट, कांग्रेस इन
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् । फेरिएको नयाँ गठबन्धनसँगै सत्ता गठबन्धनबाट नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्रबार्टी बाहिरिने निश्चित जस्तै बनेको छ । ८ दलको आज साँझको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्तावसहित नयाँ राजनीतिक यात्राको थालनी गरौँ भन्ने प्रस्थावलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको भएपनि उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्यण गर्ने जानकारि दिनुभयो । यो सहमतिसँगै एमालेले अस्तिरताको नयाँ अध्यायको थालनी भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना सुरु गरेको छ ।

एयर होस्टेसलाई दुव्र्यवहार गर्ने चालक दलका सबै सदस्य निलम्बनमा
विमान परिचारिका (एयर होस्टेस)लाई उडान गरिरहेकै अवस्थामा दुव्र्यवहार गरेको अभियोगमा दुई पाइलटसहित चालक दलका सबै सदस्य निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ बाट गत साउन १२ मा काठमाडौं फर्कँदै गर्दा आकाशमै एअर होस्टेसलाई दुर्व्यवहार गरेको उजुरिपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त उडानका चालक दलका सदस्यहरूलाई निलम्बन गरेको हो । निलम्बनसँगै घटना बारे आवश्यक छानबिन थालिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारि दिनुभयो । पाइलटको नाम भने गोप्य राखिएको छ । क्याप्टेन र कोपाइलटले उडान अवधिमा एयरहोस्टेसलाई ककपिटमा बोलाएर दुव्र्यवहार गरेको भन्दै उजुरि गरेपछि छानबिन थालिएको प्राधिकरणले जनाएको छ ।

सार्वजनिक बिदामा समेत अत्यावश्यक सेवा प्रवाह
सरकारले सार्वजनिक बिदाका दिन समेत अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुलाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालय सार्वजनिक बिदामा पनि खोल्ने निर्णय गरेको जानकारि दिनुभएको हो । कस्ता बिदामा कार्यालय खोल्ने भन्ने तोक्न भने बाँकी छ । बिदाका दिन के–कस्ता कार्यालय खोल्ने भन्ने विषयलाई मन्त्रिपरिषद्को प्रशासनिक समितिले टुङ्गो लगाउने बताइएको छ । सरकारले तोकेका निश्चित सेवा प्रवाह हुने कार्यालय सार्वजनिक बिदा घोषणा भए पनि खुल्नेछन् । नागरिकको सेवा प्रवाहका निम्ति महत्वपूर्ण ठानिएका मन्त्रालय, निकायले समेत बिदाका दिन काम गर्ने निर्णय भएको छ । कर्मचारीलाई सट्टा बिदा दिएर भए पनि कार्यालय सञ्चालन गर्ने तयारीमा सरकार जुटेको छ ।

नेपाल मेडिकल काउन्सिलले हटायो १४३ जना चिकित्सकको नाम
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका १४३ जना चिकित्सकको नाम हटाइएको छ । काउन्सिलले नेपालमा दर्ता भएका चिकित्सकले नाम, ठेगाना र योग्यता खोली दर्ता गर्ने तथा दिवंगत भएकाहरुलाई सदस्यबाट नाम हटाउने उद्धेश्यले चिकित्सकको तथ्यांक अद्यावधिक गरेको हो । हालसम्म १४२ जना चिकित्सकको मृत्यु भइसकेको र एक जनाले गलत कागजात पेश गरेको प्रमाणित भएसँगै हटाइएको छ । काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले अध्यावधिक प्रक्रिया निरन्तर चल्दै जाने जानकारी दिनुभयो । काउन्सिलको पछिल्लो तथ्यांक अनुसार स्नातक तह (एमबीबीएस र बीडीएस) का चिकित्सकहरुको संख्या ३२ हजार २१८ पुगेको छ । स्नातकोत्तर तह पुरा गरेका (विशेषज्ञ चिकित्सक) १० हजार ८० रहेका छन् ।

ऋणको भाखा नाघेको तीस दिनभित्र साँवा र ब्याज तिरेमा जरिबाना छुट
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाघेको तीस दिनभित्र साँवा र ब्याज तिरेमा जरिबाना छुट हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेकोे एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यो व्यवस्था २०८० सालको जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा र ब्याजमा लागू हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख गरिएको छ । कुनै ऋणीले छुट पाउने अवधिभित्र साँवा र ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण भाखा नाघेको अवधिको जरिबाना ब्याज ऋणीसँग लिन पाउनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6