Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरवि लामिछानेका निजी चालक उनकै घरको छतबाट खसेर गम्भीर घाइते !

रवि लामिछानेका निजी चालक उनकै घरको छतबाट खसेर गम्भीर घाइते !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरतपुरस्थित घरको छतबाट खसेर गाडी चालक गम्भीर घाइते भएका छन्। बिहान ४ बजे भरतपुर–११ मा रहेको रास्वपा सभापति लामिछानेको घरको छतबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा खसेर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

खुट्टा र टाउकोमा चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले घटनाको थप अनुसन्धान भइरहेको छ । चोटका कारण चालक थापाको अवस्था गम्भिर बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएको बताइएको छ ।

तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामिछानेसहितको टोली आइतबार बेलुका चितवन आइपुगेको थियो । लामिछाने घरको भुईँ तलामा, दोस्रो तलामा दिपक बोहरा लगायतका टोली र तेस्रो तलामा पार्टीका प्रवक्ता मुकुल ढकाल, उनका सवारी चालक र लामिछानेका सवारी चालक दिलबहादुर सुतेका थिए। लामिछानेसहितको टोली चुनावी प्रचारप्रसारका लागि आज बारा जाने कार्यक्रम तह भएको समयमा यस्तो अप्रिय घटना घटेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6