अस्ट्रेलियाको पूर्वी तटमा भारी वर्षा र बाढीको जोखिम, क्वीन्सल्यान्ड बढी प्रभावित हुने
अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा आइतबार भारी वर्षा र मेघगर्जनसहितको आँधी आउने पूर्वानुमान गरिएको छ।
मौसम विज्ञान ब्युरोका अनुसार क्वीन्सल्यान्ड, न्यु साउथ वेल्स, भिक्टोरिया र अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) मा आँधी र केही क्षेत्रमा बाढीको जोखिम छ।
यस मौसमी प्रणालीबाट क्वीन्सल्यान्ड सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ।
मौसमविद् डेभिड क्रोकका अनुसार दक्षिणपूर्वी क्वीन्सल्यान्डमा यसअघि नै एक सातादेखि लगातार वर्षा भइरहेको छ।
वाइड बे-बर्नेट क्षेत्रमा रातभर परेको वर्षाका कारण केही स्थानमा १०० देखि २०० मिलिमिटरसम्म वर्षा मापन गरिएको उहाँले बताउनुभएको छ।
लगातारको वर्षाले आकस्मिक बाढीको जोखिम बढाएको भन्दै उहाँले स्थानीयलाई सतर्क रहन आग्रह गर्नुभएको छ।
विशेषगरी मेरी नदी क्षेत्रमा बाढीको चेतावनी जारी गरिएको छ भने टियारो क्षेत्रमा ठूलो बाढी आउन सक्ने चेतावनी दिइएको छ।
मौसमविद् क्रोकका अनुसार उक्त क्षेत्रमा आइतबार राति वा सोमबार बिहान बाढी आउन सक्ने सम्भावना छ।












तपाईको प्रतिक्रिया