अस्ट्रेलियामा अक्टोबर २५ मा सबैभन्दा धेरै विवाह
अस्ट्रेलियामा सन् २०२५ को अक्टोबर २५ मा सबैभन्दा धेरै विवाह भएको छ।
अस्ट्रेलियन तंथ्याक विभाग (एबीएस) का अनुसार उक्त दिन २ हजार ३५ जोडीले विवाह गरेको थिए। त्यसैले अक्टोबर २५ सबैभन्दा लोकप्रिय दिन बनेको थियो। उक्त दिन शनिबार परेको थियो।
सन् २०२५ मा अस्ट्रेलियाभर कुल १ लाख १८ हजार ८०४ विवाह दर्ता भएका थिए। यो संख्या सन् २०२४ को तुलनामा १.७ प्रतिशत कम हो।
यसको ठीक विपरीत, वर्षकै सबैभन्दा कम विवाह हुने दिन भने डिसेम्बर २५ (क्रिसमस) रहेको छ। उक्त दिन जम्मा ५१ वटा मात्र विवाह भएका थिए।
मासिक रूपमा हेर्दा, अक्टोबर महिना (११.९%) विवाहका लागि सबैभन्दा बढी रोजाइमा परेको छ भने नोभेम्बर (११.३%) र मार्च (१०.७%) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
अर्कोतर्फ, जुलाई महिना (५.३%) मा भने सबैभन्दा कम विवाह भएका छन्।














तपाईको प्रतिक्रिया