Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसपनाको अश्लील फोटो सार्वजनिक गर्ने धम्की दिने बिनय बस्नेत ५० हजार धरौँटीमा छुटे

सपनाको अश्लील फोटो सार्वजनिक गर्ने धम्की दिने बिनय बस्नेत ५० हजार धरौँटीमा छुटे


काठमाडौं । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेत ५० हजार धरौटी बुझाएइर रिहा भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार गरी ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै सोही दिन धरौटी बुझाएर बस्नेत रिहा भएका हुन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले बस्नेतमाथि अनुसन्धान सकेर मंगलबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले बस्नेतविरुद्ध साइबर अपराध र अभद्र ब्यवहार कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । केही युट्युब च्यानलमा अन्तरवार्ता दिँदै बस्नेतले ‘मेरो मोबाइलमा सपनाका नग्न तस्वीरहरु छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएपछि सपनाले प्रहरीमा किटानी जाहेरी दिएपछि बस्नेत फागुन ४ मा बसपार्कबाट पक्राउ परेका थिए । सुरुमा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दिइएको भएपनि सपनाका केही तस्वीरहरु भेटिएपछि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा प्रक्रिया अघि बढाएर अनुसन्धान थालेको थियो ।

बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चिनाउँदै आएपनि बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुको सम्बन्धमा मनमुटाब देखिएको थियो । बिनय र सपनाले काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6